बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: मंसिर 21, 2076
  • 175 पटक पढिएको

सिरहा, मंसिर २१ गते ।

रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।  

गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको पतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगे। हेल्थ चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेका थिए।

सिंहले महिलालाई चरम यातना दिएर बलात्कारको शिकार बनेकी महिला मंसिर १९ गते मकवानपुर पुगेर विभिन्न महिला अधिकारवादी संघ संस्थाको सहयोगमा मकवानपुर प्रहरीलाई आफुमाथि भएको घटना विवरण सुनाएपछि मकवानपुर प्रहरीको सहयोगमा पिडित महिला जिल्ला प्रहरी कार्यालय रौतहटमा आएर घटनाको विषयमा जानकारी दिँदै दोषि सिंहमाथि कडा कारवाहीको लागि जाहेर दर्ता गराएका छन्।

पिडत महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ। उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताएका छन्। पिडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिएर जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधका अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।

प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनि भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर उनि सदरमुकाम गौरमा दातको निजि क्लीनिक सञ्चालन गरी डाक्टरसमेत लेख्ने गरेका छन्। नागरिक न्युजबाट साभार

 


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२