गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

  • न्यूज डेस्क
  • प्रकाशित मिति: मंसिर 21, 2076
  • 215 पटक पढिएको

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलित भएको छ । शुक्रवार नेकपाका नेता तथा कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका छन् ।

गाउँपालिकाको वडाको बजेट घटाउने मनसाय देखिएकाले गरिएको गाउँसभा स्थगित गर्नुपर्ने लगायतका माग राखेर नेकपा आन्दोलनको घोषणा गरेको छ । नेकपाले केहिदिन अगाडी गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएको थियो । तर माग सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको नेकपाका नेताहरुले बताएका छन् ।


विशेष गाउँसभाको औचित्यमाथि प्रश्न उठाउँदै नेकपाले स्थगित गर्नुपर्ने, समयमा विभिन्न शिर्षकको भत्ता वितरण नभएको, अस्थायी कर्मचारीलाई योजना दिएर सरकारी बजेट दुरुपयोग गरेको नेकपाले जनाएको छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा विगतका आर्थिक बर्षहरुमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि जस्ता क्षेत्रहरु सुधारोन्मुख नदेखिएका समेत आरोप लगाएका छ ।

नेकपाले नगरपालिकामा भइरहेको अनियमितता रोक्नुपर्ने भन्दै मागको बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । नेकपाले मंसिर २२ गते नारा जुलुस सहित विरोध गर्ने र मंसिर २५ गते गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।


मङगोलियन हार्ट राजु लामाको 'बिहे नगरी भाछैन' बजारमा

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीतसार्वजानिक भएको छ ।गीतमा चर्चित

गायक एंव अभिनेता यमन माझी सम्मानित

काठमाण्डौ,माघ ७ गते । माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ । काठमाण्डौमा पत्रकार

माघ ११ गते उपेन्द्र मधेश आन्दोलनको नातेदार बने, आन्दोलनको मूलस्थल लहान सुनशान

लहान–मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२