ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: मंसिर 20, 2076
  • 147 पटक पढिएको

सिरहा,मंसिर २० गते ।

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।

पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ।

मुलुकभित्र पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्केबर सबस्टेसन ठूलो हब बन्नेछ।

सबस्टेसन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात-निर्यातका लागि पूर्वाधार तयार हुनेछ। साथै, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘सबस्टेसनमा रहने ट्रान्सफर्महरूको क्षमता ९ सय ४५ केभीए छ, २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, वर्षायाममा बढी भएको खण्डमा ढल्केबर-मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैंकिङ गर्नसमेत बाटो खुल्नेछ।’ दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।

मुलुकभित्र पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्केबर सबस्टेसन ठूलो हब बन्नेछ। सबस्टेसन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात-निर्यातका लागि पूर्वाधार तयार हुनेछ।

ढल्केबर-मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइने २ सय २० केभीमा सञ्चालनमा छ। ढल्केबरमा ४ सय केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा सञ्चालन हुनेछ।

माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २ सय २० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइनेछ। यसका लागि आयोजनाले गोंगर-खिम्ती प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। खिम्ती-ढल्केबर प्रसारणलाइन यसअघि नै सञ्चालनमा आइसकेको छ।

सबस्टेसनको कन्ट्रोल रूम रहने भवनसहित अन्य उपकरणहरू रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सबस्टेसनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ। बाँकी दुई वटा एक हप्ताभित्र आयोजनास्थलमा ल्याइसकिनेछ। यसैगरी, ८० एमभिएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ। अन्य उपकरणहरू निर्माणस्थलमा आइसकेका छन्। उपकरणहरूको जडान धमाधम भइरहेको छ।

सबस्टेसनमा ३ सय १५एमभिएका तीन वटा गरी ९ सय ४५ एमभिए क्षमताका ट्रान्सफर्मर रहनेछन्। जसले करिब ९ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ र्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४ सय/२ सय २० केभीको ढल्केबर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो। सरकारले बजेटमार्फत् चालु आर्थिक वर्षभित्रमा ४ सय केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

प्राधिकरणका निर्देशक घिसिङले मङ्‍गलबार निर्माण कार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिए।

‘सबस्टेसन रहने तीन वटा ट्रान्सफर्मरमध्ये कम्तीमा पनि एउटा पुसभित्र (डिसेम्बर २०१९) भित्र चार्ज गरिसक्नुपर्छ, यसका लागि काम गर्ने जनशक्ति थप्नुहोस्,’ उनले भने।

सबस्टेसन निर्माण भारतीय भारतीय कम्पनी एबिबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इन्जिनियिरिङले गरिरहेको छ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणले मकवानपुरको हेटौंडा र सुनसरीको इनरुवामा पनि ४ सय/२ सय २० केभीको सबस्टेसन निर्माण गरिरहेको छ।

उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरण गरिएको हो।टुडेपाटी


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२