प्रधानमन्त्रीको स्वास्थ्यमा परिवर्तन हेरौ कस्तो छ अवस्था

  • महेश प्रसाद चाैधरी
  • प्रकाशित मिति: मंसिर 20, 2076
  • 107 पटक पढिएको

काठमाण्डौ १९ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमै उपचाररत हुनुहुन्थ्यो । अस्पतालमा उहाँको मिर्गौलाको नियमित डायलाइसिस समेत हुँदै आएको थियो । प्रधानमन्त्री ओलीले गएको सोमबार अस्पतालबाटै भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भएको जानकारी दिनु भएको थियो । सन्देशमा उहाँले सागको उद्घाटन समारोह पुरै हेरेको पनि बताउनु भएको थियो ।सभार उज्यालो


मङगोलियन हार्ट राजु लामाको 'बिहे नगरी भाछैन' बजारमा

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीतसार्वजानिक भएको छ ।गीतमा चर्चित

गायक एंव अभिनेता यमन माझी सम्मानित

काठमाण्डौ,माघ ७ गते । माझी किङ’ को रुपमा परिचित यमन माझिलाई बिशेष सम्मान गरिएको छ । काठमाण्डौमा पत्रकार

माघ ११ गते उपेन्द्र मधेश आन्दोलनको नातेदार बने, आन्दोलनको मूलस्थल लहान सुनशान

लहान–मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२