८१ पोका ब्राउन सुगरसहित ४ जना पक्राउ

  • महेश प्रसाद चाैधरी
  • प्रकाशित मिति: मंसिर 18, 2076
  • 319 पटक पढिएको

सिरह १८ मंसिरlसिरहामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साह रहेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार राती दुई जनालाई गोलबजार ३ बाट आठपोका ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । इन्सिपेक्टर जनक पुरीले बताए । सोही सूचनाको आधारमा गोलबजार–६ बाट थप दुई जना गरी चार जनालाई पक्राउ गरिएको गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

प्रहरीले गोलबजार ३ मा उनीहरुले दिएको सूचनाको आधारमा बिमल र उनका भाइ निलमलाई ७३ पोकामा प्याक गरिएको ब्राउनसुगर बरामद गरिएको प्रहरी निरीक्षक पुरीले उल्लेख गरे । पक्राउ परेकाहरुलाई गोलबजार प्रहरीमा चौकीमा राखेर थप अनुसन्धान गरिरहेको र बरामद भएको ८१ पोका ब्राउनसुगर तौल नभएपनि करिब चार ग्राम बराबर रहेको प्रहरीले जनाएको छ ।

गोलबजार प्रहरीले चालु आर्थिक वर्ष २०७६÷ ०७७ को साउनदेखि साढे पाँच महिनाको अवधिमा २२ ग्राम ब्राउनसुगरसहित २३ जनालाई पक्राउ गरी लागूऔषध कारोबार सम्बन्धी मुद्दा चलाइएको जनाएको छ ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२