भारतीय गोर्खाको प्रश्न– जवाफ देऊ हामी यो देशका हौं कि होइनौं?

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 27, 2076
  • 69 पटक पढिएको

एउटा देशभक्त नागरिकको निम्ति सबैभन्दा ठूलो अपमानित हुने शब्द हो विदेशीरआप्रवासी। अन्य कुनै विशेष समुदायमाथि विदेशी वा आप्रवासी भन्ने शब्द प्रयोग गरियो भने देशमा डढेलो सल्किन्छ। मिडिया हाउसमा बहस छेडिन्छ, देशको सामाजिक संघसंस्थादेखि राजनेतादेखि सामाजिक कार्यकर्ताहरु बाटोमा ओर्लिएर विरोध गर्छ, भनौ देशमा गृहयुद्ध नै छेडिन्छ तर अभाग्यवश गोर्खाहरू माथि यस्तो लाञ्छना लाग्दा न त देशलाइ दुख्छ न त देशबासीलाई, मानौं गोर्खा अन्य कुनै ग्रहबाट आएका एलियन हुन्।

भारतवर्षमा गोर्खालाई हेरिने दृष्टिकोण अलग्गै छ। स्वाधीन भारतवर्षको निर्माण अंग्रेजहरूको शासनको अन्त्यपश्चात् सन १९४७ सालमा भए पनि, अनि १९४७ साल अगावै भारतीय गोर्खाहरू यो भूभागमा रहे पनि हामीलाई हेरिने दृष्टिकोण भने भारत–नेपाल मैत्री सन्धी १९५० पश्चात भारत भित्रिएको कलंकले हामीलाई कहिल्यै छाडेन। सन् १९५०को भारत–नेपालबीचको सन्धि गरिँदा न त यो माटोसँग जोडिएका भूमिपुत्र गोर्खाहरूलाई सोधियो न त १९५४ सालमा हाम्रो भूभागलाई बंगालसंग गाभ्नुअघि हाम्रो सुबिधा–असुबिधा सोधियो।

देश एउटा भए पनि यो देशको मानचित्रमा अटाएका विभिन्न जात धर्म, भाषा, संस्कृति मेल खाँदैन। यसैको कारण अंग्रेजहरूको आगमनपूर्व यो देश ससाना राज्यमा बिभक्त थिए। आ(आफ्नो जाति र धर्मको राजा रजौटाहरुले ती स–साना राज्यहरूमा शासन गर्थे। व्यापार गर्न आएका अंग्रेजहरूले यहाँको यही कमजोरीलाई हतियार बनाइ उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्म यो भूभागमा आफ्नो साम्राज्य खड़ा गरि २ सय वर्ष राज गरे।
ब्रिटिश सरकारको भारतीयहरू माथिको हेयको दृष्टिकोण र भारतीयलाई मान्छेको श्रेणीमा नगन्ने प्रवृत्तिका कारण सन् १८५७ देखि ब्रिटिश सरकारको बिरोधमा सबैभन्दा पहिले सिपाही विद्रोह सुरु भएको हो। जब सिपाहीहरुले चलाउने बन्दुकको कार्तुसमा सुँगुरको बोसो हालेको हुन्छ भन्ने हल्ला फैलियो।

कालान्तरमा यो विद्रोह देशव्यापी बन्यो जसमा गोर्खाहरूको पनि सहभागिता थियो। पहाडे गाँधी दलबहादुर गिरीदेखि आइएनए फोर्सका मेजर दुर्गा मल्लसम्मले अहिंसाबादी आन्दोलनदेखि हिंसात्मक आन्दोलन सबै क्षेत्रमा गोर्खाहरू पनि अन्य देशवासी झैं काँधमा काँध मिलाएर देश स्वतन्त्रताहेतु होमिएका हुन्।

तर स्वतन्त्रतापश्चात गोर्खाहरू फेरि पराधिनताको आगोमा आजपर्यन्त जल्नु परिरहेको छ। हिजो देश स्वाधीनतापूर्व काँधमा काँध मिलाएर हिड्ने अर्को ठुल्दाइले हामीलाई पराई देख्न थाले। हाम्रो पुर्खाले बगाएको रगतको हिसाब छाडिदिउँ, आजसम्म देशको सीमानामा बग्ने हाम्रो रगत पानीसरह भएको छ। दिनहुँ तिरंगा झण्डामा लपेटिएर आउने सहिदको पार्थीव शरीर उनीहरूको निम्ति बिग्रिएको मेसिनको कलपुर्जा सरह भएको छ।
यसैले अब हामीले देशलाई सोध्ने समय आएको छ, हामी भूमिपुत्र हौं कि होइनौं। अनि इमान्दारीपूर्वक देशले जवाफ देओस्, हामी यो देशका हौं कि होइनौं ?

दिनहुँ सिमानामा बग्ने आलो गोर्खे रगत भारतीय हो कि होइन?
तिरंगा ओडेर घर फर्केका हजारौं पार्थिव शरीरहरु भारतीय छोराको हो कि होइन?
देशको रक्षा गर्दागर्दै पुछिएको सिउँदो तिम्रो छोरो चेलीको हो कि होइन?
ए स्वदेश जवाफ देऊ??
जय मातृभूमि!!!


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२