इरानले भेटायो अर्काे ठूलो तेल भन्डार

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 26, 2076
  • 115 पटक पढिएको

इरानमा एक अर्काे विशाल तेल भन्डार भेटिएको छ। इरानका इन्जिनियरहरुले उक्त तेल भन्डार पत्ता लगाएको इरानका राष्ट्रपति हसन रुहानीले घोषणा गरेका छन्।

यहाँ करिब ५३ अर्ब ब्यारेल तेल भएको अनुमान गरिएको छ। चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो एउटा सुखद खबर रहेको राष्ट्रपतिको दाबी छ।

दक्षिण–पश्चिम इरानको २४ हजार बर्गकिलोमीटर क्षेत्रमा फैलिएको यो तेल भन्डारले इरानलाई अझैं आर्थिकरुपमा बलियो बनाउने अुनमान गरिएको छ।

६५ अर्ब ब्यारेल क्षमताको अहवाज तेल भन्डारपछि खुजेस्तानमा भेटिएको यो तेल क्षेत्र अर्काे ठूलो भन्डार हुनेछ।

तेल निर्यातकर्ता देशहरुको संगठन(ओपेक)को इरान संस्थापक राष्ट्र हो। इरानसँग अहिले नै १५५ दशमलव ६ अर्ब ब्यारेल क्षमताको तेल भन्डार छ। नयाँ खोजपछि अब इरानसँगमात्रै विश्वको ३४ प्रतिशत तेल हुनेछ। इरान विश्वको चौथो ठूलो तेल भएको राष्ट्र हो भने विश्वको दोस्रो ग्याँसको धनी राष्ट्र हो।

इरानी राष्ट्रपति रुहानीले भनेका छन् ‘हामी अमेरिकालाई यो भन्न चाहन्छौं कि, हामी तेलमा धनी देश हौँ, तिमीहरुको कठोर शत्रुता र प्रतिवन्धका बावजुद पनि इरानले फेरि नयाँ तेल भन्डार भेटाएको छ।’ एजेन्सीहरुकाे सहयाेगमा


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२