धनुषामा चितुवाको छाला सहित तीन जना पक्राउ

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: कार्तिक 23, 2076
  • 89 पटक पढिएको

सिरहा, कार्तिक २३ गते । चितुवाको छाला सहित धनुषामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपालिका–४ बस्ने ३६ वर्षीय जयराम मण्डल रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेड क्वाटर धनुषाबाट खटिएको ६ जनाको स्क्वाइड टोलीले चेकजाँचको क्रममा तीनै जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक (एसपी) राजेश उप्रेतीले जानकारी दिए ।
चितुवाको छाला मोटरसाइकलमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चितुवाको शरिरको ५ फिट छाला र पुच्छरसहित गरी ७.५ फिट लम्बाई र ४÷४.५ फिट चौडाइको रहेको छाला बरामद भएको हो । पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाइएको प्रहरी उपरिक्षक उप्रेतीले बताए । सिमा सुरक्षामा खटिने शशस्त्र प्रहरीले पछिल्लो समय अवैध हातहतियार, चाँदीका साथै तस्करीमा समेत कडाइ गरेको छ ।

 


मिर्चैयामा एम.एन.पि.एल क्रिकेट प्रतियोगिता सम्पन्न

गणेश कुमार शर्मामिर्चैया,माघ १४ गते । मिर्चैया नगरपालिका वडा नं. ५ मा एम.एन.पि.एले क्रिकेट प्रतियोगिता समा

बाल विवाह एबम् दाइजो मुक्त नेपाल,राष्ट्रिय अभियानको संयोजकमा श्याम कुमार ठाकुर

सिरहा,माघ १२ गते ।बाल विवाह एबम् दाइजो मुक्त नेपाल,राष्ट्रिय अभियानको संयोजकमा श्याम कुमार ठाकुरले चयन भ

मुसहर बस्तीमा कामना सेवा विकास बैंकको न्यानो कम्बल

सन्दीप यादव मिर्चैया,माघ ११ गते । मुसहर बस्तीमा कामना सेवा विकास बैंकले कम्बल वितरण गरे पछि स्थानिय खुशी भ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२