अभिताभ बच्चनले बलिउड इंडस्ट्रीमा प्रवेश गरेको ५० वर्ष पूरा , कुन थियो पहिलो फिल्म ?

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 22, 2076
  • 18 पटक पढिएको

फिल्मी समाचार । बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चनको फिल्मी करियर ५० बर्ष पुरा भएको छ । ७ नोभेम्बर १९६९मा प्रदर्शित फिल्म ‘सात हिन्दुस्तानी’ बाट उनको करियर सुरु भएको थियो । जुन अहिले पनि जारी छ । ख्वाजा अहमद अब्बासको लेखन, निर्माण र निर्देशन रहेको यो फिल्ममा गोवालाई पुर्तगाली शासकबाट मुक्त गराउन सात हिन्दुस्तानीले गरेको संघष बिषय बनाइएको थियो ।

फिल्ममा उत्पल दत्त, मधु, एके हंगलका साथमा अमिताभले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा टीनु आनन्दको कविको भूमिका थियो भने अमिताभ उनको साथीको रुपमा छानिएका थिए । तर टीनुले फिल्म छोडेपछि अमिताभले कविको भूमिका निर्वाह गरे ।

‘सात हिन्दुस्तानी’ बाट अभिनय करियर सुरु गरेका अभिताभले पहिलो फिल्ममा कति परिश्रमिक लिएका थिए रु यो कमैलाई मात्र थाहा भएको विषय हो । यो फिल्मका लागि अमिताभले जम्मा ५ हजार पाएका थिए । सो समयमा यो फिस अभिनेताका लागि कमै थियो । तर पनि अमिताभले फिल्म अभिनय गरे ।

‘सात हिन्दुस्तानी’ ले व्यवसायिक रुपमा कुनै कमाल देखाउन पनि सकेन । तर ‘सात हिन्दुस्तानी’ पछि अभिनय क्षेत्रमा उनले पछि फर्किएर हेर्नुपरेन । यो फिल्म पछि उनले कयौं फिल्म दिए । शोले, दीवार, जन्जीर, हम, सिलसिला, कुली, सत्ते पे सत्ता, चुपके चुपके, कभी कभी, पा, चीनी कम लगायत बलिउडमा उनले थुप्र हिट फिल्म दिएका छन् ।


विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

गणेश कुमार ठाकुर सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपाल

भारतको नयाँ नक्सा तुरून्त सच्याउन ने.आ.जनजाति विद्यार्थी महासंघका चितवन जिल्ला अध्यक्ष गुरुङको माग

चितवन,कार्तिक,२४ गते । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएको प्र

धनुषामा चितुवाको छाला सहित तीन जना पक्राउ

सिरहा, कार्तिक २३ गते । चितुवाको छाला सहित धनुषामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरना

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२