कांग्रेसले तोक्यो उम्मेदवार

  • राकेश सिंह
  • प्रकाशित मिति: कार्तिक 21, 2076
  • 57 पटक पढिएको

काठमाडौँ, कात्तिक २१ गते। कांग्रेसले उपनिर्वाचन हुने एक प्रतिनिधिसभा र तीन प्रदेशसभा क्षेत्रका लागि उम्मेदवार तय गरेको छ । दुई दिनदेखि बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा क्षेत्र कास्की–२ मा पुराना नेता खेमराज पौडेल, प्रदेशसभाअन्तर्गत बागलुङ–२ मा जित शेरचन, दाङ–३ (२) मा केशव आचार्य र भक्तपुर–१ (१) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दाङका आचार्यलाई उम्मेदवार तोक्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले प्रस्ताव गरेका हुन् । बागलुङका शेरचन नेता कृष्णप्रसाद सिटौलानिकट हुन् भने कास्की र भक्तपुरका उम्मेदवार सभापति शेरबहादुर देउवानिकट हुन् । कास्कीमा पार्टीका पूर्वसभापति पौडेल पार्टी विभाजन हुँदा कांग्रेस प्रजातान्त्रिकमा लागेका थिए ।

उम्मेदवारको नाम चयन गर्न पदाधिकारी बैठक मंगलबार बिहानैदेखि बसेको थियो । कास्कीमा कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद बढेपछि सभापति देउवालाई उम्मेदवार छान्न एकलौटी जिम्मेवारी दिइएको थियो । रवीन्द्र अधिकारीको निधनपछि रिक्त उक्त क्षेत्रमा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । चालिसे गएको चुनावमा अधिकारीका प्रतिस्पर्धी रहेकाले उनैलाई प्राथमिकता दिनुपर्ने तर्क दुवैको थियो ।

आफ्नो क्षेत्र भएकाले पनि कास्कीको उम्मेदवारको हकमा आफूले भनेअनुसार निर्णय हुनुपर्ने तर्क पौडेलले राख्दै आएका थिए । सभापति देउवाले सुरुमा केन्द्रीय सदस्य धनराज गुरुङको नाम अघि सारेका थिए । स्याङ्जा निवासी गुरुङलाई अघि सारिएपछि पौडेल अप्ठ्यारोमा परे । गुरुङ संस्थापन इतरपक्षकै नेता हुन् । केन्द्रीय अनुशासन समितिमा पौडेलको कोटाबाट उनी सदस्य छन् । तर सिटौलाले पहिलो प्राथमिकता चालिसेलाई दिनुपर्ने अडान राखे । अघिल्लो पटक उम्मेदवार भएकाले नचाहेमा मात्रै अर्को उम्मेदवार खोज्नुपर्ने तर्क सिटौलाको थियो ।

आफ्नो नाममा नेताहरूबीच विवाद भएपछि गुरुङले बुधबार बिहान पदाधिकारी बैठकमै पुगेर आफ्नो दाबी फिर्ता लिएको घोषणा गरेका थिए । स्थानीय (कास्की) आकांक्षीहरूबाटै उम्मेदवार तय गर्न नेताहरूलाई सुझाव दिएर उनी फर्केका थिए ।

त्यसपछि देउवाले खेमराज पौडेल तथा वरिष्ठ नेता पौडेल र सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउने अडान कायमै राखे । कास्कीमा आफूनिकटकालाई उम्मेदवार बनाउन खोजेपछि पौडेल र सिटौला सभापति देउवालाई एकलौटी निर्णय लिन अधिकार दिँदै बैठकबाट बाहिरिए । स्रोतका अनुसार पौडेल र सिटौला ‘जितहारको जिम्मेवारी लिने गरी उम्मेदवारको निर्णय लिनुहोस्’ भन्दै बाहिरिएका थिए । महामन्त्री कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पनि उनीहरूसँगै बाहिरिए । केहीबेरपछि संस्थापन पक्षीय पदाधिकारीहरू पनि सभापतिलाई निर्णय गर्ने अधिकार दिने भन्दै बाहिरिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेदवार छान्न पदाधिकारीहरूले सभापतिलाई एकलौटी अधिकार दिए पनि निर्णय एकलौटी नभएको बताए । ‘सभापतिले सबै पदाधिकारीको भावना र सुझाव समेटेरै उम्मेदवारको निर्णय लिनुभएको छ, निर्णय लिँदा कुनै एकलौटी गर्नुभएको छैन,’ उनले भने, ‘उहाँहरूलाई जानकारी गराएरै निर्णय भएको छ । विमति कसैको छैन ।’


विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

गणेश कुमार ठाकुर सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपाल

भारतको नयाँ नक्सा तुरून्त सच्याउन ने.आ.जनजाति विद्यार्थी महासंघका चितवन जिल्ला अध्यक्ष गुरुङको माग

चितवन,कार्तिक,२४ गते । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएको प्र

धनुषामा चितुवाको छाला सहित तीन जना पक्राउ

सिरहा, कार्तिक २३ गते । चितुवाको छाला सहित धनुषामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरना

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२