शहिदनगरमा भएको स्वास्थ्य शिविरबाट सयौं नगरवासी लाभान्वित

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: कार्तिक 14, 2076
  • 117 पटक पढिएको

धनुषा, कार्तिक १४ गते । धनुषाको शहिदनगरमा सम्पन्न भएको स्वास्थ्य शिविरबाट सयौं नगरवासी लाभान्वित भएका छन् । शहिदनगर नगरपालिकाको आर्थिक सहयोग तथा महिला शहिद समुदायिक अध्ययन केन्द्रको आयोजनामा बुधबार सम्पन्न भएको स्वास्थ्य शिविरको नगरवासीहरुले फाईदा उठाएका छन् । शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया यादवले शिविर उदघाटन गर्दै नगरवासीको स्वास्थयसँग कुनै प्रकारको सम्झौता नगर्ने बताए । उनले नगरवासीको लागि समय समयमा विभिन्न प्रकारको स्वास्थ्य शिविर सँचालन गर्दै आएको तथा आगामी दिनमा गरिने प्रतिवद्धता व्यक्त गरे । 

काठमान्डौंको गौतम बुद्ध कार्डियक होस्पिटलका चिकित्सकहरुको टोलीको सहयोगमा मेयर बरबरियाले मुटुरोग तथा मधुमेह रोगको स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । सो शिविरमा नगरपालिकाको विभिन्न वडाका १ सय १४ जनाले सेवा लिइ लाभान्वित भएको जनाइएको छ । ईसीजी र ईको चेकजाँचमा ३८÷३८ जना सेवा लिएको जनाइएको छ । हस्पिटलका चिकित्सकहरुको टोलीले नै नगरवासीहरुलाई चेकजाँच गरेका हुन् । 

 

 उक्त शिविरमा चेकजाँचको लागि आएका सर्वसाधारण विरामीलाई अस्पतालमा विशेष सुविधाको साथै विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको जनाइएको छ । अत्याधुनिक ईको मेसिनद्धारा ३ हजार पर्ने चेकजाँचलाई न्यून्तम अर्थात १ हजार रुपैयाँ मात्र लिएर चेकजाँच गरिएको छ भने ईसिजी सेवाको लागि समेत ५ सय रुपैयाँ पर्नेमा प्रति विरामी २ सय रुपैयाँ लिएर चेकजाँच गरिएको हो । अन्य खर्च भने शहिदनगर नगरपालिकाको कार्यालयले व्यवस्थापन गरेको जनाइएको छ । 

 

शिविरको उदघाटनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, कम्पयुटर अपरेटर विष्णुदेव यादव, पोषण शाखाका रुपेश विराजी, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपक बाबु केशी, स्थानीय समाजसेवी, अगुवा नागरिक समाजको उपस्थिति रहेको थियो । साभार: न्यूज ब्यूरो | 


भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

गणेश कुमार ठाकुर सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपाल

भारतको नयाँ नक्सा तुरून्त सच्याउन ने.आ.जनजाति विद्यार्थी महासंघका चितवन जिल्ला अध्यक्ष गुरुङको माग

चितवन,कार्तिक,२४ गते । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएको प्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२