नेविसंघद्धारा चर्को शुल्क फिर्ता नगरेकोमा कडा आन्दोलनमा जाने चेतावनी

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: आश्विन 25, 2076
  • 513 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,असोज २५ गते । प्रदेश नं. २ अन्तर्गतको सि.टि.इ.भि.टि (CTEVT) मातहतमा सञ्चालनमा रहेको कलेजहरुले तोकिएको भन्दो चर्को शुल्क लिएर विद्यार्थी नामाँकन गर्ने गरेको भन्दै नेपाल विद्यार्थी संघले त्यस्ता कलेजलाई कारवाहीको माग गर्दै सि.टि.इ.भि.टि (CTEVT) ले तोके बमोजिमको शुल्क मात्र लिन माग गरेका छन् । सि.टि.इ.भि.टि (CTEVT) ले तोकेको शुल्क भन्दा बढी रकम लिँदै अभिभावकलाई ढाड सेक्ने गरी शूल्कले आफूहरुको ध्यानाकर्षण भएको नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि (CTEVT) प्रदेश नं. २ को संयोजक इन्द्रजीत कुमार गोइतले बताए ।

गोइतकै अगुवाईमा गएको नेपाल विद्यार्थी संघका टोलीले सि.टि.इ.भि.टि (CTEVT) को जनकपुर स्थित कार्यालयमा विज्ञप्ति पत्र बुझाउँदै तोकेको शुल्क भन्दा बढी शूल्क लिन नपाउने माग गरेका छन् । उनीहरुले विद्यार्थीहरुसँग लिइएको चर्को मूल्य अर्थात तोकिएको भन्दा बढी शूल्क तत्कालै फिर्ता गर्न समेत माग गरेका छन् । शुल्क फिर्ता नगरेकोमा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका हुन् । सि.टि.इ.भि.टि (CTEVT) को केन्द्रीय कार्यालय सानोठिमी भक्तपुर र प्रादेशिक कार्यालय जनकपुरलाई बोद्यार्थ गर्दै नेपाल विद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोष (नविन) झा सहितको टोलीले विज्ञप्ति पत्र बुझाएका हुन् ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२