महरालाई डा. भट्टराईको खुलापत्र : गल्ती स्विकार्नु तपाईं र देशको हितमा हुनेछ

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 18, 2076
  • 100 पटक पढिएको

काठमाडौं, साउन १८ गते। संघीय संसद सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई उनका सहकर्मीसमेत रहेका सांसद तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले खुलापत्र लेखेका छन्। डा। भट्टराईले आफू दःखी भएको भन्दै महरालाई सामाजिक संजाल फेसबुकमार्फत खुलापत्र पठाएका हुन्। जसमा माओवादी आन्दोलनको समीक्षा, त्यसमा आफूहरूले खेलेको भूमिका र अहिलेको परिस्थितिको व्याख्या गरिएको छ। उनले महरालाई गल्ती स्वीकार गर्दै छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्। पढ्नुहोस् डा। भट्टराईले महरालाई पठाएको खुलापत्र स् प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत् पनि तरंगित त छँदै छ म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु१ यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिला मुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु१ १। माओवादी नेतृत्व तहमा हामी ९विशेषतस् प्रचण्ड र म० सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमानदार पात्र मान्थ्यौँ१ हामी बीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्त्व दिन्थ्यौँ१ प्रचण्ड र मेरो बीचमा २०५५(५६ मा पहिलो ठुलो वैचारिक(साङ्गठनिक बहस हुँदा २०५६ साउनरभदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुईजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौँ१ ९दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने बित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो१० पछि पोष्टबहादुर बोगटी र तपाईं पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो१ २०७१सालमा बोगटीजीको दुस्खद निधन र पार्टीको क्रमशस् ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्णा बनाउँदै लग्यो१ कांग्रेस(एमाले पहिले नै भ्रष्टाचार र सुरा सुन्दरी काण्डले बदनाम भैसकेका थिए१ तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक(राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ। यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ१ २। माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्योरु त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला। हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्‍याएकै हो। यसमा हामीले सामूहिक गर्व गर्नुपर्छ१ तर रोजा लक्जेम्बर्गले भने झैँ क्रान्ति स्थिर भएर बस्दैनस कि त त्यो अघि बढाइनुरबढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ। त्यस्तै अर्को भनाइ छ( शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ१ अझै अर्को भनाइ छ( क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्१ यहीँनेर हामी चुक्यौँ१ मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौँ भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ१ साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन१ त्यसैले अब क्रमशस् साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ१ तपाईं ९महराजी० को पछिल्लो प्रकरण त्यसैको एउटा नमुना हो१ ३। यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ१ सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ१ तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ१ हामीले एसएलसीमा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौँ१ त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ१ यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेबारे स्कुलमा पढ्दा गुरुले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छुस् ‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना। तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।। साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास्। तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’ तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन१ अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको बलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानुनी दृष्टिले समेत दण्डनीय हुन्छ१ हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीडित हुने भए पनि कहिलेकाहीँ पुरुष पनि उत्पीडन वा प्रतिशोधरषड्यन्त्रको जालमा पर्न सक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ। त्यसनिम्ति पनि तपाईंले सत्य तथ्य बाहिर ल्याएर कानुन बमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष साबित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ१ त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ१ यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्विकार्नु र प्रायश्चित गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ। भनिन्छ( गल्ती गर्नु अपराध हैनस गल्ती नसच्याउनु अपराध हो!

तपाईंको शुभेच्छुक,

बाबुराम

सभार थाहा खबर न्यूज।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२