सयौंको आँसु पुछ्ने आफन्त नेपालको कार्य अत्यान्तै सराहनीय

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 17, 2076
  • 180 पटक पढिएको

अजय मिश्र/ कृष्णनगर कपिलवस्तु असोज १५ मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले सचेतना मुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएको छ ।आफन्त नेपालले सिमा नाकामा रहि बिहान देखि बेलुका सम्म सिमा निगरानी गर्दै आएको छ र सयौ चेलिहरु उद्धार र पुनर्स्थापना गर्दै आएको छ ।कपिलवस्तु मा बिगत 2064 साल देखि मानब बेचबिखन बिरुद्ध काम गर्दै आएको यो सस्थाले उल्लेखनिय काम गरेको देखिन्छ । कयौ बेचबिखनको जोखिममा परेका चेलिहरुलाई सम्मानपूर्ण रुपमा उद्धार गरि उनिहरुको जिबनयापनमा सहज गराउन आफ्नो पुनर्स्थापना गृहको संरक्षणमा राखी उनिहरुलाई आत्मा निर्भर बनाउदै आएको छ ।कयौ लथालिङ्ग घर परिवारमा मिलन बनाउन सफल भएको छ त धेरैको आँसु पुछ्न समेत सफल भएको छ । आफन्त नेपाल कपिलवस्तुको काम अत्यान्त सराहनिय रहेको छ यसले समुदायमा समेत सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ कपिलवस्तुको बुद्धभुमी न.पा टिक्करमा सहकारी गठनमा समेत सहयोग गरि मानव बेचबिखन र लैङ्गिक हिंसा बिरुद्ध एकजुट बनाउदै आएको छ।

मानव बेचबिखनबिरुद्धको अभियानमा पुर्याउदै आएको योगदान र गरेको कामको उच्च मुल्यांकन गर्नै पर्छ जसको फलस्वरूप केही दिन अगाडी मात्र नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय बाट उत्कृष्ट संस्थामा सम्मान पाईसकेको छ भने स्थानीय सरकारबाट पनि विभिन्न शाखाहरु पनि सम्मानित भैरहेको छ ।मानव बेचबिखनको यो अभियानमा नेपालमा मात्र नभई भारतीय एस.एस.बि हरुलाई समेत मानव बेचबिखन नियन्त्रणमा सहयोग तथा सिमामा हुने गतिविधिहरुमा निगरानी बढाई यस अभियानलाई सहयोग पुर्याउन का लागि आह्वान गर्दै आएको छ । यसै अभियानमा मानव बेचबिखन को पछिल्लो अबस्था र बोर्डरमा एस.एस.बि को भुमिका बारे सचेतनामुलक कार्यक्रममा सहभागी भै आफन्त नेपालले प्रशिक्षण समेत दिएको छ । कपिलवस्तुमा बिगत 3 बर्ष कार्यलाई हेर्ने हो भने उल्लेखनिय भुमिका खेलेको छ ,दर्जनौं दोषीहरु कानुनी कठघरामा उभिएका छन। यस अभियानमा पाएका सफलताहरु पछाडी सहयोग गर्ने स्थानीय सरकार ,स्थानीय प्रसासन र मिडियाहरुको अत्यन्त सहयोगका कारण मानव बेचबिखन न्यूनीकरणमा केही सफलता पाउन सकेको आफन्त नेपालका जिल्ला सयोजक केसर बिशकर्माले बताए ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२