मिलोमतोमा हिलोमै ढलान, समाचार प्रकाशस नर्गन आर्थिक प्रलोभन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 16, 2076
  • 932 पटक पढिएको

सिरहा,असोज १६ गते । सिरहा सदरमुकामको मुख्य बजारको सडक गुणस्तरहिन सामग्री प्रयोग तथा ढलान कार्य पानीमै गरेको तथ्य बाहिर आएपछि समाचार बाहिर नलाईदिन आर्थिक प्रलोभन दिएका छन् । नेपाल सरकारमातहतका सडक डिभिजन कार्यालय लहानबाट लोकमार्ग नयाँ चौक चोर्हवा, सिरहा–माडर, जयनगर सिमा सडक निमार्णको लागी सडक डिभिजन कार्यालय लहान मार्फत टेण्डर प्रक्रियामा ठेक्का लागेका थिए ।

सडक डिभिजन कार्यालय लहानबाट ठेक्का नं. RDLHN/337366-4/075/076 नं. को ठेक्काबाट लागत ईष्टिमेट रकम रु. ८४ लाख ६० हजार ३ सय ७१ रुपैया ३१ पैसा रहेको ठेक्का ईन्फाईस्ट्रक्सर एस.एन.बी. बिल्र्डस जनकपुर–४ धनुषाले उक्त ठेक्का ५० लाख ६१ हजार ६ सय ७५ रुपैया ९६ पैसामा मिति २०७६ साल बैशाख २६ गते सम्झौता गरी २०७६ असार २६ गते सम्म सम्पन्न गर्ने गरी ठेक्का दिईएका थिए । यता ठेक्केदारले समयमा काम सम्पन्न नगरी असोज महिनाको पहिलो सता सम्म गते पानी मै ढलान गर्दा पनि कुनै किसिमको चासो सडक डिभिजन कार्यालय लहानले नलिएको श्रोतको भनाई रहेको छ ।

म्याद भित्र सम्पन्न नहुदाँ सम्म कार्यालयबाट कुनै किसिमको पत्राचार नभएको डिई बिनोद साहले बताए । साहका अनुसार ठेक्केदारले नराम्रो काम गरको हो भने पेलेन्टी लाग्छ । तर के गर्ने हाम्रो समुदायमा यस्तै चल्छ तपाईहरु यो विषयमा समाचार नलेखन आग्रह गरेको छ । श्रोतका अनुसार सिरहामा भई रहेको काम टेण्डर सकारकर्ताले पुन ः २ लाख रुपैया कमिसन लिई उक्त कार्य गर्न सर्लाहीका पेटी ठेक्केदारलाई दिएको श्रोतको भनाई रहेको छ । यसरी नै कार्यालय देखी तल सम्म सेटिङ्गमा नै काम हुने गरेका श्रोतको भनाई रहेको छ ।

उक्त कार्य रेखदेखको लागी साईडईन्चार्ज देबेन्द्र कुमार यादब र पंकज कुमार यादबलाई दिईएको प्रमुख साहले बताए । तर सूचना अधिकारी इन्जिनियर बेचन अधिकारीसित सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्ने मोवाइल नम्बर ९८०८५४३०५१ मा सम्पर्क गर्दा मोवाइलको कल डाइभट गरिएको पाइयो भने साइडईन्जिनियर पंकज कुमार यादवको मोवाइल नम्बर ९८६२९९८७०९ मा सम्पर्क गरी बुझ्न खोज्दा उनको पनि मोवाइलको कलडाइभट गरिएको पाइयो । यता सडक डिभिजनबाट संचालित अझ योजनाहरु सेटिङ्गमा संचालन भई गुणस्तरहिन काय भई रहेको श्रोतको भनाई रहेको छ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२