बडादशैं लक्षित सवारि चेक जाँच र मुस्कान सहितको सेवालाई तिव्रता दिदैः ट्राफिक शम्भुनाथ

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: आश्विन 16, 2076
  • 147 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,असोज १६ गते । जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीले चाडपर्व लक्षित दुर्घटना न्युनीकरणका कार्यक्रमलाई तिव्रता दिएको छ । चाडपर्वको समयमा हतारिएर यात्रा गर्दा र तिव्र गतिमा सवारिसाधन गुडाउँदा हुन सक्ने सम्भावित मानविय तथा भौतिक क्षति हुन नदिन ‘ठाउँको ठाउँ’ सवारि चेक जाँच र ट्राफिक सचेतना सहितको सचेतनालाई एकै साथ सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए ।
सानो गल्ती र कमजोरीलाई ख्याल नगर्दा ठुलो दुर्घटना ब्योहोरनु पर्ने भएकोले जरिवान काट्नु भन्दा सवारि चालकलाई सचेतना पहिलो प्राथमिकता दिईएको जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक चौधरीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीले सवारि साधन,चालक,यात्रुलाई मध्यनजर गर्दै ठाउँको ठाउँ ट्राफिक सचेतनाको साथै मुस्कान सहितको सेवा दिदै आएको छ ।
चेकजाँचमा कडाई
विजया दशमी,दिपावली तथा छर्ठ पर्वलाई मध्य नर्ज गर्दै सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएकोे जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए ।

 


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२