डेरामा एक्लै रहेको मौकामा सभामुख महराले जबरजस्ती गरेको आरोप !

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 14, 2076
  • 313 पटक पढिएको

काठमाडौँ, असोज १४ गते। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महरा माथि गम्भीर आरोप लागेको छ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफूलाई सभामुख कृष्ण बहादुर महराले जबरजस्ती गरेको आरोप लगाएकी छन्। महराले संसद सचिवालयमै कार्यरत एक महिलालाई डेरामै पुगेर जबरजस्ती गरेको महिलाको आरोप छ।

आइतबार साँझ रक्सी र स्याक्स सहित तीनकुने स्थिति पिडित महिलाको डेरामा पुगेर महराले जबरजस्ती गरेको महिलाको आरोप छ। नाम नखुलाइएकी ती महिलाले लगाएको आरोप अनुसार श्रीमान सहित परिवारका अन्य सदस्य डेरामा नभएको मौकामा महराले जबरजस्ती गरेका हुन्।

महरा डेरामा रक्सी, स्याक्स सहित पुगेका महराले आफूलाई जबरजस्ती रक्सी समेत खुवाई करणी गरेको उनको आरोप छ। महराको पन्जाबाट फुत्किन आफूले प्रयास गर्दा महराले कुटपिट समेत गरेको उनले आरोप लगाएकी छन्।

करणी गरिसकेपश्चता महरा सभामुख निवास फर्केको र फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फटेर झरेको समेत बताइएको छ। यस्तै सभामुखको जुत्ताको भित्री तलुवा समेत पिडित महिलाकै कोठामा छुटेको महिलाको भनाइ छ।

महराले यस भन्दा अगाडी पनि दुर्व्यवहार गर्दै आएको र महराको उच्च राजनीतिक हैसियतको कारण आफूले सहेर बसेको उनको दुखेसो छ। आइतबार करणी नै गरेपछि भने आफू सहन नसक्ने अवस्थामा पुगेको बताएकी छन्।

यता सभामुखले भने महिलाको आरोपमा निराधार भएको बताएका छन्। कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराको भनाइ छ। सभार बिगूल न्यूज।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२