सप्तरीको विभिन्न स्थान बाट लागु औषध सहित तिन जना पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 10, 2076
  • 255 पटक पढिएको

राधेश्याम राम
सप्तरी,असोज १० गते । सप्तरी जिल्लाका बोदेवर्साईन नगरपालिका र सुरुङ्गा नगरपालिकाको विभिन्न स्थान बाट लागु औषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा खडक नगरपालिका वडा नंं ९ वस्ने छेदीलाल चौधरीका वर्ष २९का छोरा प्रभु नारायण चौधरी रहेका छन । निज चौधरीलाई वोदेबसाईन वजारमा एक जना पैदल यात्रीलाई आफु चढेको साईकल बाट ठक्कर दिदाँ प्रहरीले पक्राउ गरी तलासी गर्दा निजको साथ वाट १३ थान नाईट्राभेट टेवलेट बरामद गरेको प्रहरीले जनाईएको ।
यता ईलाका प्रहरी कार्यालय सुरुङ्गा २ भेडीया प्रहरी र ईलाका प्रहरी कार्यालय कडरबोनाका सादा पोषाकका प्रहरीले गोप्य सुचनाको आधारमा सोही नगरपालिका वडा नं. १ स्थीत मैनडावर वाट विहिवार साँझ बिक्रि गरिरहेको अवस्थामा दुई जना युवाहरुलाई पक्राउ गरिरहेको प्रहरी निरिक्षक राम राजा केशरीले जानकारी दिनु भएको छ ।
पक्राउपर्नेहरुमा स्थानिय लालबहादुर दहालको बर्ष २२को छोरा प्रविण दहाल र त्रियुगा नगरपालिका ६ वस्ने गुलाब अलिका वर्ष २३को छोरा शाहिद अलि रहेका छन ।
निजहरुको साथवाट १५ थान ईम्पुल लुपीजेसिक, नाईट्रोजन १८ थान, फेनारगंज १२ थान समेत बरामद गरेको प्रहरीले जानकारी दिनु भएको छ, निजहरुलाई कानुन अनुसार मुद्धा चलाउने प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिनुभएको छ ।

 


मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

राजु सदाको परिवारलाई थर्ड एलाइन्सको सहयोग, अस्पतालको लाहप्रवाहीको कारण मृत्यु

असार १३ गते, जनकपुर विनोद कुमार महरा आर्थिक रुपमा विपन्न राजु सदाको बुवा अशेश्वर सदालाई तराइ मानवअधिकार र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२