माला आर्टस्मा सरोज र सूर्यमाला

  • Rakesh Singh
  • प्रकाशित मिति: आश्विन 9, 2076
  • 49 पटक पढिएको

दरबारमार्गस्थित त्रिसरा भवनको भुइँतलामा जुत्ता पसल छ । त्यसको आडैमा छ, माला आर्ट्स एकेडेमी । त्यहीँ भेटिन्छन्, अभिनेता सरोज खनाल र रंगकर्मी सूर्यमाला खनाल । यो एकेडेमी अभिनेता खनाल र सूर्यमालाकी बहिनी चन्द्रमालाको संयुक्त लगानीमा खुलेको हो । तीनैजना रंगमञ्च पृष्ठभूमिकै कलाकार हुन् । ‘बहिनीको सपना त नाटकघर खोल्ने थियो,’ सूर्यमाला भन्छिन्, ‘अभिनयको तृष्णा नमेटिएकाले सानैबाट सुरु गरौँ भनेर माला आर्ट्स खोलेका हौँ ।’

एकेडेमीका भित्तामा चर्चित कलाकारका तस्बिर झुन्ड्याइएका छन् । पुस्तकालयमा आख्यान र गैरआख्यान दुवै प्रकारका पुस्तक उपलब्ध छन् । ०७५ सालमा खुलेको एकेडेमीमा तेस्रो ब्याचका विद्यार्थीले अभिनय सिकिरहेका छन् । ‘युवापुस्ता थिएटरमा आउन चाहिरहेका छन्, तर लामो समय रंगमञ्चमा टिक्ने माहोल छैन,’ सूर्यमाला भन्छिन् । विद्यार्थीलाई रंगकर्मी सरोज अर्यालले अभिनय सिकाउँछन् ।

रंगमञ्चमा २५ वर्षको अनुभव सँगालेकी उनी केही वर्ष अमेरिका पनि बसिन् । स्वदेश फर्केपछि फेरि अभिनयमा फर्किन् । अहिले उनी वृत्तचित्र, पटकथा लेखन, सर्ट फिल्मलगायत प्रोजेक्टको योजना बनाइरहेकी छन् । अभिनेता खनाल भन्छन्, ‘हाम्रा विद्यार्थीलाई टेलिफिल्म र सर्ट फिल्ममा अवसर दिने गरेका छौँ ।’

एकेडेमीमा वर्षमा एकपटक मात्र विद्यार्थी भर्ना लिने गरिएको छ । सीमित कोटामा विद्यार्थी भर्ना लिने योजना रहेको सूर्यमाला बताउँछिन् । चर्चित कलाकार बिदेसिनुको पीडा आफैँले भोगेका छन्, सरोज र सूर्यमालाले । त्यो पीडा दोहोरिन नदिन हरेक तीन महिनामा एउटा नाटक मञ्चन गर्ने योजना रहेको सूर्यमाला बताउँछिन् । एकेडेमीका विद्यार्थीले महिनामा एकपटक चर्चित कलाकारसँग साक्षात्कार गर्न पाउँछन् । फिल्म र रंगकर्मी आफैँ एकेडेमी पुगेर विद्यार्थीलाई काम दिन्छन् ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२