ह्याकरले लुट्यो लहान कृषि विकास बैंकको डेढ करोड

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 8, 2076
  • 1799 पटक पढिएको

लहान,असोज ८ गते । कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी ह्याकरको एक गिरोहले लुटेको छ।

प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो।

सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्रोतका अनुसार काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ‘बैंकको सिस्टम ह्याक गरेर गिरोहले रकम निकालेको बुझ्नमा आएको छ ।

बैंकको सिस्टम ह्याक गरेर पैसा लुट्ने ती व्यक्तिको पहिचान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिबारे प्रहरीले खुलाएको छैन। ‘घटनाबारे अनुसन्धान भइरहेको छ र मान्छे नियन्त्रणमा रहेकाले अहिले सबै खुलाउन मिल्दैन,’ प्रहरी स्रोतले भन्यो।

स्रोतका अनुसार बैंकको सिस्टम ह्याक कसरी भयो भन्ने विषयमा कृषि विकास बैंक केन्द्रीय कार्यालयले विज्ञको टोली खटाएर अनुसन्धान गरिरहेको छ।

‘ठूलो परिमाणमा पैसा गायब भएको देखिन्छ, तर त्यो गिरोह को हो भन्ने विषयमा हामी पनि पहिचान गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो।

प्रहरीले मंगलबार दिउँसो ह्याकरको सो टोलीलाई काठमाडौंबाट पक्राउ गरेको भए पनि यसबारे विस्तृतमा खुलाइएको छैन। प्रहरीले यो प्रकरणमा अनुसन्धान भइरहेको भन्दै घटनाबारे प्रहरीले विस्तृतमा बताएको छैन।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२