मुक्तिनाथ विकास बैंकद्धारा ४२ घर परिवारलाई राहत वितरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: आश्विन 1, 2076
  • 177 पटक पढिएको


गणेश कुमार शर्मा
सिरहा,असोज १ गते । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थितिजनाई समाजमा योगदान पुर्याइरहेको छ ।
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा रहेको दलित वस्तिमा मुक्तिनाथ विकास बैंकले ४२ घर परिवारलाई राहत वितरण गरेको छ । बैंकले ४२ थान झुल, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो ।
राहतमा प्रति घर लाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र १ थान झुल वितरण गरेको मुक्तिनाथ विकास बैंक लिमिटेड मिर्चैया शाखाका प्रबन्ध अरुण कुमार महतोले जानकारी दिनुभएको छ ।
दुई महिना अघि अविरल वर्षाको कारण परेको डुबानका कारण हालसम्म यो वस्ती माथि कसैको नजर पुगेको थिएन । वर्षाको पानी जमेर पुरै वस्ती दुर्ग्न्धित बनेको छ भने वस्तीमा प्रवेश गर्न पानीमै हेलिएर जानुपरेको बाध्यता रहेकोछ । फोहोरको कारण वस्तीका मानिहरु धमाधम बिरामी परिरहेका छन् । बिरामीकै कारण सोमबार सनोज सदाको ११ महिनाको छोरा किरण सदायको मृत्यू भएको छ । सदायको एक छोरी र एक छोरा मात्र थियो । जुन एक छोराको निधन भइसकेको छ । वस्तीमा पानी जमेर दुर्गन्धित भएको दुई महिना भइसक्यो तर सम्बन्धित निकायले अहिलेसम्म कुनै पनि चासो नदेखाएको माल्ती सदायले गुनासो गरेकी छिन ।
उत्त राहत वितरण कार्यक्रममा स्थानीय समाजसेवी रामप्रताप साह(भोला),विनोद साह,विकास साह,सुजित साह,विजली मंडल,अजय कुमार साह,राजकुमार मंडल,चन्देशेवर साह,चन्द्रलाल साह,विरेन्द्र सदा,झुमका मंडल, मुक्तिनाथ विकास बैंक लिमिटेड मिर्चैया शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा राहत वितार गरिएका छन ।

 


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२