सुखिपुरका नागे होटलमा प्रहरीको छापा ,जुवा तास खेल्ने ५ जना पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 30, 2076
  • 2577 पटक पढिएको

सिरहा,भदौं ३० गते । सिरहाको सुखिपुर नगरपालिकाबाट जुवा तास खेलाउने होटल संचालक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको गस्ती टोलीले सुखिपुर नगरपालिका वडा नं. ८ स्थित बिबेक सप्लायर्स कोल्ड एण्ड होटलमा तास जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने ४० वर्षीय रंजित साह, ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय राजित साह, ४० वर्षीय राम किशुन महतो र ४० वर्षीय राम बिलास मुखियाहरुको साथबाट २ लाख २१ ह्जार ४ सय ४५ रुपैया, ३ सेट तास र एक थान तन्ना सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२