मिर्चैयामा समुदाय–प्रहरी साझेदारी” प्रभतफेरी कार्यक्रम सम्पन्न

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: भदौ 21, 2076
  • 577 पटक पढिएको

सिरहा, भाद्र २१ गते । समुदाय – प्रहरी साझेदारी प्रभातफेरी कार्यक्रम १३औं राष्ट्रिय दिवस – २०७६ कार्यक्रम मिर्चैयामा सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यलय मिर्चैयाको आयोजनामा र मिर्चैया नगरपालिका , स्वस्तिक पाठशालाको सहकार्यमा शुक्रबार कार्यक्रम गरेका थियो ।
“ हर प्रहर गाउँ र नगर टोल टोलमा नेपाल प्रहरी “ ( शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि ) एउटै लक्ष्य एउटै सार,मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार,मानव वेचविखन तथा ओसार पोसार विरूद्धको भन्ने नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित स्वस्तिक पाठशाला बिद्यार्थीहरुसंग प्रभातफेरी कार्यक्रममा मिर्चैया नगरपालिकाको मेयर श्रवण यादवले मानव बेचविखन तथा ओसार पोसार विरूद्ध हुने सबै खालको हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु आवश्यक रहेको बताए । स्वस्तिक पाठशाला को पिंसीपल महेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बडा नं.६ का बडा अध्यक्ष देव कृष्णा साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनाल, र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम,प्र.ना.नि. अबधलाल साह,प्र.ज. कबिता अधिकारी , मुक्ति नेपालीको रिता कुमारी साह, मुक्ति नेपालीको विशेश्वर साह लगायतका प्रहरी टोली, ट्राफिक ,बिभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु, स्थानिय भद्रभलाआदमीहरु, समाजसेवी, नागरीक समाज, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, मानव अधिकारका प्रमुख तथा प्रतिनिधीहरु, संचार कर्मीहरु, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह र कोषाध्यक्ष रेणु शर्मा लगायतका उपस्थित रहेको थियो । उक्त कार्यक्रम २०० जनाको सभागितामा मानव बेचबिखन बिरुद्ध बिभिन्न पर्चा, पम्पलेट सहित निस्केको याली मिर्चैया नगरपालिकाको बिभिन्न स्थानको परिक्रमा गरि कार्यक्रम सम्पन्न भएको छ ।

 


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२