शल्यक्रिया गरेका बिरामीको घाँटीमा नक्कली दाँत

  • Rakesh Singh
  • प्रकाशित मिति: भदौ 3, 2076
  • 329 पटक पढिएको

बीबीसी नेपाली, भदौ ३ गते। ब्रिटेनमा एक वृद्ध व्यक्तिको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ।ती ७२ वर्षीय वृद्धले निल्न समस्या भएको गुनासो गरेका थिए। चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो।उनी पटकपटक अस्पताल धाउनुपरेको थियो। त्यसबाहेक पेटको शल्यक्रियाका कारण उत्पन्न जटिलतालाई सच्याउन उनको थप शल्यक्रिया गर्नुपरेको थियो र शरीरमा रगत दिनु परेको थियो।

ब्रिटेनको नरफोकस्थित जेम्स पेगेट युनिभर्सिटी अस्पतालले उसले प्रक्रियाहरूमा परिमार्जन गरेर उपचार गरेको जनाएको छ।यो घटना बारेका विवरण ब्रिटिश मेडिकल जर्नलको केस रिपोर्टमा उल्लेख गरिएको थियो जसमा लेखकहरूले बेहोस नबनाई नक्कली दाँत निकाल्न सुझाव दिएका थिए।सन् २०१८ मा पेटमा रहेको हानि नगर्ने गाँठो हटाउन शल्यक्रिया गरेका ती व्यक्ति छ दिनपछि पुनः अस्पताल पुगेका थिए र उनले चिकित्सकहरूलाई आफूले ठोस खानेकुरा खान नसकेको बताएका थिए।

गोर्लस्टन अस्पतालका चिकित्सकहरूले शल्यक्रियाका क्रममा घाँटीमा राखेको ट्युबको नकारात्मक प्रभावले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निम्त्याएको ठान्दै उनलाई एन्टीबायोटिक र अन्य औषधि दिएका थिए।ई दिनपछि ती व्यक्ति पुनस् समस्या लिएर आएपछि चिकित्सकहरूले उनको घाँटीको जाँच गरेका थिए र त्यहाँ एउटा अर्धगोलाकार आकारको वस्तु अड्किएको फेला पारेका थिए।त्यसपछि उनले चिकित्सकहरूलाई शल्यक्रियाका लागि अस्पतालमा समय बिताउँदा आफ्नो तीनवटा नक्कली दाँत हराएको बताएका थिए।

नक्कली दाँत हटाउन गरिएको शल्यक्रियापछि उनी घर फर्किएका थिए, तर रगत नथामिएपछि उनले चार पटक अस्पताल धाउनुपरेको थियो।शल्यचिकित्सकहरूले उनको घाँटीको घाउ ठिक पार्दासम्म उनले ठूलो परिमाणमा रगत गुमाइसकेका थिए त्यही भएर उनलाई रगत दिनुपरेको थियो।उक्त प्रतिवेदनका लेखकहरूले शल्यक्रियाका लागि बिरामीलाई बेहोस बनाउने क्रममा मानिसहरूले नक्कली दाँत निलेका अरू पनि प्रमाणित घटना भएका जनाएका छन्।उनीहरूले नक्कली दाँत वा त्यससँग सम्बन्धित अन्य वस्तुबारे शल्यक्रिया अघि र पछि अभिलेख राखिनुपर्नेमा जोड दिएका छन्।

जेम्स पेगेट युनिभर्सिटी अस्पतालकी मेडिकल निर्देशक हेजल स्टुआर्टले त्यसबारे विस्तृत अनुसन्धान गरिएको बताएकी छन्।ुजुन घटना भयो त्यसको परिणामस्वरूप प्रक्रियामा पुनरवलोकन गरिएको छ र आवश्यकताअनुसार परिमार्जन पनि गरिएको छ।ुुअनि त्यसपछि सिकिएका पाठ सबै कर्मचारीहरूलाई जानकारी गराइएको छ,ु उनले भनिन्।


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२