लहान,साउन २७ गते। जिल्ला स्वास्थ्य कार्यालय सिरहाले आज लहानस्थित आधा दर्जन नीजि स्वास्थ्य संस्थाहरु बन्द गराएको छ । लामो समयदेखि नविकरण नगराई सञ्चालनमा रहेको लहानस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिक बन्द गराएको जिल्ला स्वास्थ्य अधिकृत उमेश लाल कर्णले जानकारी दिनुभयो ।
त्यसैगरी लहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाईगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको स्वास्थ्य अधिकृत कर्णले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख नागेन्द्र प्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अबैध रुपमा सञ्चालित स्वास्थ्य संस्थाहरुमा शिलबन्दी गरिएको स्वास्थ्य अधिकृत कर्णले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले गत जेठ महिनामै पत्र काटेर सिरहाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो । नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि समय दिएपनि अटेर गरेको सञ्चालन गर्दै आएकाले कार्वाही स्वरुप तालाबन्दी गरि बन्द गराएको अधिकृत कर्णको भनाई छ ।
लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक
सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक
सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर
Copyright © 2019 - Purbanchalexpress.com All rights reserved