हरवा चरवा अधिकार मञ्चलाई सामग्री हस्तान्तरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 25, 2076
  • 263 पटक पढिएको

राजविराज, साउन २५ गते। सप्तरीको शम्भुनाथ नगरपालिकाको १२ वटै वडामा गठित वडास्तरीय हरवा चरवा अधिकार मञ्चलाई आज एक कार्यक्रमका बीच सहभागिता मुलक सिकाई कक्षा व्यवस्थापन सम्बन्धि सामग्री हस्तान्तरण गरिएको छ ।

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवा चरवा अधिकार मञ्चलाई व्यवस्थित बनाउन तथा सहभागिता मुलक सिकाई कक्षा व्यवस्थापनका लागि सामग्रीहरु हस्तान्तरण गरेको हो । सप्तरीको कल्याणपुरस्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रको कार्यालयमा आयोजित सामग्री बितरण कार्यक्रममा केन्द्रका अध्यक्ष सुखीलाल चौधरी, टिम लिडर बिनोदानन्द चौधरीले प्रत्येक वडाका हरवा चरवा अधिकार मञ्चलाई सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

माँ भगवती हरवा चरवा अधिकार मञ्च, शम्भुनाथ हरवा चरवा अधिकार मञ्च, दिनाभद्री हरवा चरवा अधिकार मञ्च, रबिदास हरवा चरवा अधिकार मञ्च, शिबशक्ति हरवा चरवा अधिकार मञ्च, सरस्वती हरवा चरवा अधिकार मञ्च, रामजानकी हरवा चरवा अधिकार मञ्च, पाँचुनाथ हरवा चरवा अधिकार मञ्च, बेचु सरदार हरवा चरवा अधिकार मञ्च, सबरी हरवा चरवा अधिकार मञ्चलाई टिनको वाकस, त्रिपाल, बाल्टिन, डटपेन, ताल्चा १÷१ थान, गिलस, रजिष्टर र मास्किङ्ग टेप २-२ थान, न्युनप्रिन्ट ५० पिस, मार्कर १ दर्जन, साबुन ६ वटाका दरले हस्तान्तरण गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिनुभयो । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत शम्भुनाथ नगरापालिकाको सबै वडामा गठन गरिएको हरवा चरवा अधिकार मञ्चलाई व्यवस्थित गर्न ती सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२