सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन उपलब्ध

  • News Desk 2
  • प्रकाशित मिति: श्रावण 24, 2076
  • 310 पटक पढिएको

२४ श्रावण । प्रदेश २ सरकारले सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन (कुट्टी कटा मेशिन) उपलब्ध गराएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले किसानको लागि साफ कट्टर मेशिन प्रदान गर्ने भनी प्रस्तावना आव्हान गरिएको थियो । प्रस्तावना अनुरुप सिरहाका १४ किसानलाई सो मेशिन उपलब्ध गराएको हो । सोको लागि फर्म भरेका लहान २२ का कारी यादव, लहान ३ का रामउदगार महतो, लहान २ का रामु महतोलाई साफ कट्टर उपलब्ध गराएको छ । लहान २ का रामचरित्र महतो आफुले पाएको साफ कट्टर मेशिन लहान २३ का विरेन्द्र महतोलाई एक कार्यक्रम प्रदान गरिएका छन् । युवा नेता रामचरित्र महतोले आफु त्याग गरी विरेन्द्र महतोलाई सो साफ कट्टर उपलब्ध गराएको हो । साफ कट्टर मेशिन केही महिना अगाडि मन्त्रालयले सूचना जारी गर्दा त्यसताका फर्म भरेका किसानलाई उक्त मेशिन उपलब्ध गराएको हो । यसवारे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले ‘यो कार्यक्रम कार्यालय अन्तरगत हो ।’ ‘मन्त्रीले दिने नदिने यसमा कुनै निर्णय गर्ने होइन् ।’ ‘सूचना प्रकाशित भएको थियो ।’ ‘त्यसताका फर्म भरेका किसानहरुलाई दिएको हुनुपर्छ ’ मन्त्री साहले बताए । सिरहा भेटनरी कार्यालयले एक कार्यक्रम गरी १४ किसानलाई साफ कट्टर मेशिन उपलब्ध गराएको छ ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२