सिरहामा राहत सामाग्रीमा पनि कमिशन लिएको खुलासा

  • News Desk 2
  • प्रकाशित मिति: श्रावण 23, 2076
  • 123 पटक पढिएको

 सिरहा, २३ श्रावण । सिरहामा यत्तिबेला राहत उपलब्ध गराउँने काम चलिरहेको छ । राहतमा पनि कमिशनको खेल शुरु भएको खुलासा भएको स्रोतको दावी छ । सिरहाको लागि प्रदेश २ सरकारले राहत उपलब्ध गराउँन २५ सय घरपरिवारको लागि २७ सय २० रुपैयाँको प्याकेट बनाएर वितरण गर्ने कार्यक्रम रहेकोे छ । बाढी पीडितलाई प्रति घरपरिवार २७ सय २० रुपैयाँको दरमा राहत उपलब्ध गराउँने हिसाबकिताब देखाउँदै आएको छ । सो राहत उपलब्ध गराउँन गोलबजारका महेश साह (कोकवा)को मिलबाट चामल खरिद भइरहेको छ । मिलबाट प्रतिकिलो ४३ रुपैयाँको दरमा चामल खरिद गरेर राहत उपलब्ध गराउँनेपक्षले प्रतिकिलो ४६ रुपैयाँको दरमा नक्कली बील बनाउँने गरेको खुलासा भएको छ । चामल विक्रेता महेश साहले ‘के गर्नु मन्त्री कार्यकर्ताको पनि पेट छ ।’ ‘मिलाएर बील बनाएको होला ।’ उनले सरल भाषामा बताए । प्रभावितलाई प्रतिघर ५५ किलो चामल, चार किलो दाल, दुई किलो चना, एक लिटर तेल, सुकुल, झुल, साबुन, कम्बल र त्रिपाल उपलब्ध गराउँदै आएको छ । चामल बाहेक अन्य राहतको सामाग्रीमा रकम थपेर बील बनाइरहेको छ भने नक्कली बीलको समेत कारोबार भइरहेको जानकारीमा आएको छ । प्रदेश २ का अर्थ मामिला मन्त्री विजय यादवले ‘यो जिम्मा सिरहा उद्योग वाणिज्य सँघलाई दिइएको हो ।’ ‘उनीहरुले प्याकेट तयारी गरी राहत सामाग्रीको व्यवस्थापन गर्दै आएको छ ’ बताए । अर्कातीर सिरहा जिल्लामा बाढीपीडितका नाममा आएको राहत कार्यकर्ता र आफन्तलाई वितरण गरिएको गुनासो बढेको छ । गत २७ असारमा आएको अविरल वर्षापछि डुबानमा परेकाले कति पीडितले राहत नपाएको गुनासो गरेका छन् । सिरहाको औरही, सखुवानन्कारकट्टी, कर्जन्हा, मिर्चैया, अर्नामालगायतको स्थानीयतहमा राहत उपलब्ध गराएको छ ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२