किराना समान सहित स्कारपियो र मोटरसाइकल सिरहा भन्सारमा

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: श्रावण 20, 2076
  • 549 पटक पढिएको

सिरहा साउन २० गते । भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको किरानाका समानहरु सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिकाको वडा नम्बर ३ मखनाहा स्थित वडा कार्यालय ‘ख’ सिरहाबाट खटेको गस्ती टोलीले चेक जाँचको क्रममा कल्याणपुर नगरपालिका १२ वस्ने वर्ष ५० को सरीफ राइनलाई एउटा स्कारपियो गाडी सहित समानहरु नियन्त्रणमा लिएको जनाएको छ । बीआर ३२ जे १२०६ नम्बरको स्कारपियोलाई समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिल राज बोहराले बताए । बोहराले दिएको जानकारी अनुसार सो स्कारपियो भित्र नै लुकाएर राखिएको करिब १० हजारको समान नियन्त्रणमा लिईएको हो । त्यसै गरि जिल्लाको सिरहा नगरपालिका वडा नम्बर ७ ट्रापिक नजिक जिप्रका सिरहाबाट खटेको गस्ती टोलीले चेकजाँचको क्रममा मिर्चैया वडा नम्बर ५ निवासी ४५ वर्षिय विष्णु देव महतोले चलाईरहेको स १ प ९२०२ नम्बरको मोटरसाईकला भन्सार छलेर लुकाई राखिएको करिब ३५ सयको किराना समानहरु नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएको सम्पुर्ण समानहरु जिल्ला भन्सार कार्यालय माडरमा बुझाईएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बोहराले दिएका छन ।


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२