बिप्लव समुहका ३ का ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 17, 2076
  • 162 पटक पढिएको

अमित ठाकुर।रौतहट। साउन १६ ।रौतहट जिल्लाका चपुर नगरपालिका वडा नंबर ३ को वडा कार्यालयमा अागलगी गरेको अारोपमा ३ जना बिप्लव समुहका कार्यकर्तालाई पक्राउ गरेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जनाएको छ। हिजो देशभरी बिप्लव समुहले बन्दको अवाहनको पूर्वसन्ध्यामा आर्दश सामुदायिक वन कार्यालयको भवनमा रहेको वडा कार्यालयमा आगजनी भएको प्रहरीले जनाएको थियो।वडा कार्यालयमा अागजनी हुँदा वडाका सम्पुर्ण कागजात जलेर नष्ट भएको थियो। अागजनी पश्चात् प्रहरीले सुरक्षा गस्ती कडा गरेपछि बिप्लव समुहका ३ कार्याकर्तालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। पक्राउ परेपछि प्रहरीले अाज जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ परेका बिप्लव समुहका चपुर नगरपालिका वडा नंबर ४ का ३० बर्षीय रेहान तमाङ भन्ने रामबहादुर घिसिङलाई पक्राउ गरेका छन्। पक्राउ परेका घिसिङ संग ना ३६ प २८१३ मोटरसाइकल र चाईनिज पेस्तोल १ थान र सोमा गोली लाग्ने ५ राउन्ड गोली र कटुवा पेस्तोल १ थान र सोमा लाग्ने ३ राउन्ड गोली सहित प्रहरीले पक्राउ गरेका छन्। भने अर्को सोही नगरपालिकामा बस्ने ३५ बर्षीय मान बहादुर वाईवालाई पक्राउ गरेका छन्। भने चपुर नगरपालिका वडा नंबर ३ गैडाटारमा बस्ने ५५ बर्षीय रेव प्रसाद मैनालीलाई पक्राउ गरेका छन्। पक्राउ परेका तिनै बिप्लव समुहका कार्याकर्तालाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन्।


विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

गणेश कुमार ठाकुर सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपाल

भारतको नयाँ नक्सा तुरून्त सच्याउन ने.आ.जनजाति विद्यार्थी महासंघका चितवन जिल्ला अध्यक्ष गुरुङको माग

चितवन,कार्तिक,२४ गते । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएको प्र

धनुषामा चितुवाको छाला सहित तीन जना पक्राउ

सिरहा, कार्तिक २३ गते । चितुवाको छाला सहित धनुषामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरना

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२