सिरहा विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 1, 2076
  • 1545 पटक पढिएको

सिरहा, साउन १ गते । सिरहामा एसइई परीक्षापछि थप अध्ययन तयारीका लागि लहानमा डेरा गरी बसिरहेका विद्यार्थीको हत्यामा संलग्न रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतल विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय भएको छ भने ५ जनालाई सफाइको फैसला सुनाएको छ ।

हत्याको अभियोगमा लहान ३ का ४२ वर्षीय बसन्त साह र सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ५ कुसहाकी ३३ वर्षीया रञ्जुकुमारी मण्डललाई अदालतले मंगलबार आजीवन कारावासको फैसला सुनाएको हो । अदालतले उक्त मुद्दाका पाँच जनालाई सफाईसहित एक जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको छ । सिरहा जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलासले लहान ३ का भोलाजित सिंह, दिपक शर्मा, मो। मिस्टर राइन, नइम राइन र महेशकुमार यादवलाई सफाइ दिंदै हत्यामा संलग्न रहेका रामानन्द गुप्ता फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको बताइएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमाका करिब १८ वर्षीय श्रवणकुमार साह लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा माविबाट २०७३ को एसइइ परीक्षा दिएर थप अध्ययनक लागि आफ्नो भतिजसँग डेरामा बस्दै आएका थिए ।२०७३ चैत १३ गते साँझदेखि डेराबाट हिंडेका साह भोलिपल्ट दुर्गाप्रसाद महतोको लहान ३ स्थित आँप बगैंचाको रुखमा खुट्टा भुईंमै छुने गरी झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको खुट्टामा तीन चार ठाउँमा चक्कु प्रहार गरिएको घाउ, रगत बगेको र मृतकको खुट्टाले समेत भुइँ छोएको पाइएपछि हत्या गरेर झुण्ड्याइको हुन सक्ने आशङ्काको आधारमा प्रहरीले तत्काल अनुसन्धान तीब्र बनाएको थियो ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२