मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित, विपदमा खुशियाली मनाउन सकिन्न निर्देशक झा

  • नरेश चन्द्र बरबरिया
  • प्रकाशित मिति: असार 29, 2076
  • 541 पटक पढिएको

सिरहा,असार २९ गते।गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त व्यस्त बनेको विपद घडिलाई मध्यनजर गर्दै रेडियो मुस्कान ९६.५ मेगाहर्जले आफनो पुर्वनिर्धारित बार्षिकोत्सव कार्यक्रम स्थगित गरेको छ ।झा ब्रदर्श मिडिया हाउस प्राईभेट लिमिटेडका संचालक एवं रेडियो मुस्कानका प्रबन्ध निर्देशक शितल कुमार झाले वर्षा र बाढिको कारण देशभरकै जनजीवन अस्त व्यस्त भएको बेला कुनै पनि हालतमा खुशियाली मनाउन नसकिने भन्दै उनले भने —‘ सिराहा सहित देशभर अहिले विपदमा परेको छ , हजारौं व्यक्ति समस्यामा छन हामी कसरी खुशियाली मनाउन सक्छौं त्यसैले निर्धारित भईसकेको वार्षिकोत्सव कार्यक्रम स्थगित गरेका हौं । ’ यहि असार ३१ गत्ते स्थानीय न्यु रमझम साँझ होटलको सभाकक्षमा रेडियो मुस्कानको प्रथम वार्षिकोत्सव समारोह मनाउने सम्पुर्ण तयारी भईसकेको बेला कार्यक्रम स्थगित गर्नु सजिलो नभए पनि विपदको घडीलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको निर्देशक झाको भनाई छ ।रेडियोले ३१ गत्ते मनाउने भनिएको वार्षिकोत्सव कार्यक्रम अहिलेलाई स्थगित गरिएको र अवस्था सामान्य भएपछि मात्रै अर्को मिति निर्धारण गरिने उनले बताए ।‘ मिथिलाक शान’ मुलनाराका साथ २०७५ असार ३१ गते सिरहाको सदरमुकाम सिरहामा रेडियो मुस्कानको स्थापना भएको थियो ।


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२