गणेश कुमार शर्मा
सिरहा,असार २७ गते । बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेरको छ ।
विभिन्न सरकारी कार्यालयहरुमा समेत पानी जमेको कारणले गर्दा समस्या देखिएको छ । मिर्चैया नगरपालिकाको विभिन्न चौकहरुमा पानी जमेको कारणले सर्वसाधारणहरुलाई आवतजावतमा समेत समस्या देखिएको छ । सामान्य वर्षाले नै सिरहाको मिर्चैया नगरपालिकामा जलमग्न बनेको छ । पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा पानी जमेको सर्वसाधारण प्रदिप साहले जानकारी दिए । उनका अनुसार पानी जमेपछि आवतजावत गर्न कठिनाइ भइरहेको छ । नगरपालिकाले उचित नलाको व्यवस्थापन नभएको कारण पानि जमेको छ । नगरपालिकाको लापरबाहीले बजार क्षेत्रमै पानी जम्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।
यस्तै, पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय मिर्चैयासमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करिब तीनरचार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ । पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए । यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved