राजेन्द्र महतो को भन्नई खुलेकुदबाट मात्रै मुलुकको विकास सम्भव

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 26, 2076
  • 363 पटक पढिएको

जनकपुरधाम, असार २६ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले खुलेकुदको विकासबाट मात्रै मुलुकको विकास सम्भव रहेको बताउनु भएको छ ।
उहाले युवाहरुलाई खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा देखाउन आग्रह गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रथम मेयर कपको उदघाटन समारोहमा बोल्दै महतोले जनकपुरधामको विकासका लागि आफ्नो तर्फबाट हरेक प्रकारको सहयोग गर्ने समेत बताउनुभयो । उहाले जनकपुरधामको सौन्दर्यीकरण र सफाईको लागि आफ्नो तर्फबाट समेत सहयोग रहने बताउनुभयो ।

महतोले निर्वाचनको समयमा जनकपुरधाम निकै फोहर रहेको बताउदै अहिले आएर सफाई र सडक विस्तारले जनकपुरधामको गरिमा बढेको जिकिर गर्नुभयो । उहाले सडक निर्माणबाट मात्रै विकास नुहेन बताउदै सरसफाईमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो । महतोले जनकपुरधाम नगरको अहिले सफाई राम्रोसंग सुरुवात भएको बताउदै यसलाई निरन्तरताको खाँचो रहेको बताउनुभयो ।

उहाले आफुले आफ्नो संसदीय विकास कोषबाट जनकपुरधाम उपमहानगरपालिकालाई सफाई सामग्री किन्नको लागि रकम सहयोग गरेको बताउनुभयो ।
महतोले खेलकुद क्षेत्रको विकासको लागि प्रदेश सरकारको समेत ध्यान जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले खेलकुदको माध्यमबाट देश र दुनियामा युवाहरुलाई आफ्नो प्रतिभा देखाउन मौका मिल्ने भएको कारणले खेलकुदको विकासको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सुरिताकुमार साह,जिल्ला समन्वय समितिका प्रमुख राम देव बनरैत यादव,प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल सहितको सहभागिता रहेको


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२