सिरहा, असार २६ गते । विद्यार्थी भिसामा गएका खोटाङका आयुश दाहाल अमेरिकाको मेरिल्याण्ड राज्यबाट हराएका हुन् । मेरिल्याण्डको ग्वेन ओक्समा उनीसँगै बस्दै आएका साथी सम्मान वैद्यले बताएअनुसार आयुश विगत १५ दिनदेखि कोठामा फर्केका छैनन् ।
४र ५ दिनअघि आयुशलाई फोनमा सम्पर्क गर्दा उनको फोन एक अपरिचित व्यक्तिले उठाएको थियो। ती अपरिचित व्यक्तिले आफूले फोन बाल्टीमोर हार्बरको बेन्चमा सुतिरहेको एक व्यक्तिबाट राती चोरेको बताएका थिए । तर, त्यसपछि सम्पर्क गर्दा भने फोन स्विच अफ गरेको साथी सम्मानले बताए।
आयुशले आफूले योर्क रोडको सेल ग्यास स्टेसनमा काम पाएको र उतै बस्नेसमेत साथी सम्मानलाई बताएका थिए । तर, उनको खोजीमा निरन्तर लागिपरेका अर्का साथी अनुप खनालकाअनुसार उक्त ग्यास स्टेसनमा आयुश भेटिएका छैनन् ।
अहिले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का डेलिगेट ह्यारी भण्डारीको अगुवाईमा प्रहरीलाई जानकारी गराएर औपचारिक रुपमा बेपत्ता आयुशको खोजीकार्य भैरहेको छ । हाल भक्तपुरमा बस्दै आएका आयुशका परिवारले अमेरिकामा रहेका नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसमक्ष आफ्नो बेपत्ता छोराको खोजी गरिदिन अनुरोध गरेका छन् । सभार पुर्बली न्यूज ।
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved