पाठ्य पुस्तकमा जातीय अपमान र गाली बेइज्जती हुने शब्द प्रयोग गरिएका भन्दै तत्काल हटाउन माग

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 25, 2076
  • 154 पटक पढिएको

माेरङ, असार २५ गते । मारवाडी समाजले कक्षा ७ र ८ मा पठनपाठन हुने पाठ्य पुस्तकमा जातीय अपमान हुने शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । हेल्थ एण्ड फिजिकल एजुकेशन विषयमा मारवाडी समुदायलाई होच्याउने र गाली बेइज्जती हुने शब्द प्रयोग गरिएको भन्दै तत्काल हटाउन माग गरिएको छ । समाजले जातीय अपमान गर्ने ‘माडे’ र ‘नकचरो मोरा’ जस्ता शब्द कक्षा ७ पेज नम्बर ६८ र ८ को पेज नम्बर ४९ मा प्रयोग गरिएको जनाएको छ । यो पुस्तक एशिया पब्लिक प्रा.लि. बसुन्धरा, काठमाडौंले प्रकासित गरेको हो ।

समाजका अगुवा एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले निन्दनीय अपशब्दहरू प्रयोग गरेर छापिएका पुस्तक तुरुन्त जफत गर्र्नु पर्ने र पठान पाठनमा रोक लगाउनु पर्ने माग राखेर मंगलबार प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ज्ञापन पत्र नै बुझाइएको बताए । ‘मारवाडी समुदायले नेपालको समग्र आर्थिक, सामाजिक, शैक्षिक, चिकित्सकिय, धार्मिक लगायत विभिन्न क्षेत्रमा निस्वार्थ सेवा पु¥याइरहेको छ,’ सारडाले भने, ‘तर पनि यस समाजको मर्यादा विपरित होच्याउने अपमानित गर्ने घटना पटक–पटक भइरहेका छन् ।’

यस्ता अपमानित शब्दले सिंगो मारवाडी समाजलाई पीडा र गहिरो चोट दिएको ज्ञापन पत्रमा उल्लेख छ । यस दुष्कार्यले जातीय स्वाभिमानमा ठूलो धक्का पु¥याएको मारवाडी समाजको ठहर छ । ‘कुनै पनि पुस्तक प्रकासन पूर्व नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्र र सम्बन्धित विज्ञ समूहले पनि जाँच पास गरेको हुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस्तो जातीय घृणा फैलाउने आशययुक्त चित्र र संवाद रहेको पुस्तकलाई किन र कसरी सम्बन्धित निकायले स्वीकृति दियो यो पनि एउटा गम्भीर चासोको विषय बनेको छ ।’

सारडाले यो कुरा सम्बन्धित प्रकासनको जानकारीमा आइसक्दा पनि हालसम्म उक्त पुस्तक विभिन्न क्षेत्रका स्कुलहरूमा पढाइ हुनु, फिर्ता नहुनु मारवाडी समाजका लागि लजास्पद र दुःखद् विषय बनेको बताए । पुस्तक प्रकासक, लेखक, पुस्तकलाई पठनपाठनमा समावेश गराउने जिम्मेवारी बोकेका निकायमाथि आवश्यक कारबाही हुने पर्ने माग ज्ञापन पत्रमा गरिएको छ । साथै भविष्यमा पुनः यस्तो गल्ती प्रकासक, लेखक तथा अन्य सम्बन्धित निकाय कसैबाट नहुने प्रतिवद्धता व्यक्त गरिनु पर्ने माग पनि राखिएको सारडाले बताए ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२