चालू आर्थिक वर्षको ३३० दिनमा एक अर्ब ८४ करोड रुपैयाँका दरले खर्च

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 24, 2076
  • 137 पटक पढिएको

सिरहा, असार २४ गते । चालू आर्थिक वर्षको पछिल्लो १५ दिन ९असार १५० देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन्। विगत वर्षहरुमा जस्तै यो वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन गर्न सुरु गरिएको हो। आइतबार ९असार २२० मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ चालू खर्चअन्तर्गत भुक्तानी दिइएको छ ।

सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ सय ३० दिन ९असार १ ० सम्म चालू खर्च दैनिक औसतमा एक अर्ब ८४ करोड रुपैयाँका दरले भएको थियो। तर असार १५ पछिको सात दिनमा भने यो खर्च दैनिक औसतमा सबा ३ अर्ब रुपैयाँका दरले भइरहेको छ ।

सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आवको असार १ सम्म ६ खर्ब १० अर्ब रुपैयाँ चालू बजेट खर्च भएको छ । असार १ देखि १५ सम्म खर्च बढेर ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । १५ दिनमा मात्रै ३९ अर्ब रुपैयाँ खर्च भएको छ । यो औसतमा दैनिक २ अर्ब ६० करोड हो । वर्षको अन्तिम दिनतिर झनै खर्च बढेर गएको देखिन्छ । पछिल्लो एक साता ९असार १६ देखि २२० मा २२ अर्ब रुपैयाँ खर्च गरिएको छ। असार २२ मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ भुक्तानी दिइएको छ । अब बाँकी ८ दिनमा योभन्दा पनि बढी रकम खर्च हुने निश्चित छ । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् । सभार रातो पाटी न्यूज ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२