मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 22, 2076
  • 214 पटक पढिएको

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्स कुनै अन्य महिलासँग एक्लै डिनर वा लञ्चका लागि जाँदैनन् ।

यस्तो नियम उनले आफ्नी श्रीमती क्यारेनप्रति इमान्दारिता स्थापित गर्नका लागि बनाएको बताउँछन् । उनले आफ्नो धार्मिक आस्थामार्फत् श्रीमतीमाथि बफादार रहने प्रेरणा पाउने बताएका छन् ।

हुन त माइक पेन्सको निर्णय कुनै नौलो होइन । एक सर्वेक्षणका अनुसार ५।८ प्रतिशत मानिसहरु सम्बन्धमा हुँदा कुने अन्य महिला वा पुरुषसँग डिनर वा लञ्चमा जानु धोका दिनु हो भन्ने मान्यता राख्छन् ।

तपाईंले माइक पेन्स र केरनबारे जे सुकै सोच्नुहोस् तर उनले कम्तिमा आफ्नो सम्बन्धमा मर्यादाको एउटा सीमारेखा त निश्चित गरेका छन् ।

हुन त धेरैजसो मानिसहरुले आफ्नो सम्बन्धमा धोका के हो, यसको कुनै सीमा वा परिभाषा तय गरेका हुँदैनन् । उनलाई विश्वास र विश्वासघातबीचको फरक नै थाहा हुँदैन ।

हाम्रो समाजमा सम्बन्धमा धोकाको घटना निकै सामान्य भइसकेको छ । तर तर हरेक जोडीले आफ्नो पार्टनर आफूप्रति इमान्दार होस् भन्ने चाहना राख्छन् ।

कतिले विश्वासघात गर्छन् यसको कुनै सही आँकडा जुटाउन निकै मुश्किल छ । यसको ठूलो कारण यो हो कि सम्बन्धमा विश्वासघातको विषयमा मानिसहरु सायदै सही कुरा गर्छन् ।

पहिले ७५ प्रतिशत पुरुष र ६९ प्रतिशत महिला विश्वासघात गर्ने बताइन्थ्यो तर हालैको अनुसन्धानले यो बताउँछ कि विश्वासघातको मोर्चामा महिला पुरुषभन्दा अलिकति पनि कम छैनन् ।

तर रोचक कुरा के छ भने केवल पाँच प्रतिशत मानिसहरु उनका साथी उनीसँग छल गर्नेछन् वा गरिरहेका छन् । धेरैजसो मानिसहरु आफ्नो साथीमाथि आँखा चिम्लेर विश्वास गर्छन् । सभार रातो पाटी न्युज ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२