सप्तरीमा पहिलो सर्पदंश उपचार केन्द्र सञ्चालन

  • पत्रपत्रिकाबाट
  • प्रकाशित मिति: असार 19, 2076
  • 472 पटक पढिएको

सिरहा,असार १९ गते। नेपाली सेनाको प्राविधिक सहयोगमा सप्तरीमै पहिलो सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा गत वैशाखदेखि कल्याणपुर खानेपानी आयोजनाको भवनमा सञ्चालित यस केन्द्रको औपचारिक उद्घाटन मंगलबार प्रदेश सभा सदस्य रुबी कर्ण र सिरहाको चोहर्वा्स्थित नेपाली सेनाका नं। २७ बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको छ  ।

केन्द्रमा वैशाखदेखि १५ असारसम्म अढाइ महिनाको अवधिमा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको सेनानी प्रतापरघुनन्दन थापाले जानकारी दिए । सेनानी थापाका अनुसार नं। २७ फि।ए। गुल्म चोहर्वामा एक सय ५८, शेरगण बन्दीपुरमा ९१ र रणभिम गण गौरीडाँडा ९महोत्तरी० मा ४२ जनाको उपचार गरिएको छ । त्यसअघि ०७५ मा चोहर्वामा सात सय १५, बन्दीपुरमा आठ सय नौ र गौरीडाँडामा सात सयजना गरी एक हजार चार सय २६ जनाको उपचार गरिएको सेनानी थापाले उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, खडक जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादव, नगरकी उपप्रमुख ज्यासमिन सुल्तान खातुनलगायत सहभागी थिए । सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उसमान मियाँले उपचार केन्द्र सञ्चालनमा आएसँगै सर्पको टोकाइले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था टर्ने बताए । ‘११ वर्षअघि सात वर्षीय नाति इमरानलाई सर्पले टोकेपछि तत्काल चाहर्वा पुर्याएर ज्यान बचाएको थिए । अन्यले पनि मैलेजस्तै सास्ती झेल्नुनपरोस् भनेर करिब नौ महिनाको अथक मिहिनेतले केन्द्र स्थापना र थालनी त भयो, तर उपचारका लागि नयाँ पूर्वाधारसमेत आवश्यक छ,’ उनले भने ।

उपचार केन्द्रको उपकरण खरिदका लागि प्रदेश सभा सदस्य रुबी कर्णले नगद सहयोग गरेकी छिन् । उनले ४० हजार पाँच सय रुपैयाँ अध्यक्ष मियाँलाई हस्तान्तरण गरेकी हुन् । त्यस्तै, नेकपाका नेता जयप्रकाश चौधरीले एक थान अक्सिजन सिलिन्डर र स्थानीय फर्निचर व्यवसायी मोहम्मद हमिदले दुई थान खाट उपलब्ध गराउने बताएका छन् । सभार टूडे पाटी न्युज


कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२