भतिजाले बोक्सीको आरोप लगाएर पटक–पटक कुटपिट गर्दै छन्

  • पत्रपत्रिकाबाट
  • प्रकाशित मिति: असार 18, 2076
  • 365 पटक पढिएको

सिरहा,असार १८ गते । सप्तरीमा एक महिलालाई उनकै भतिजाले बोक्सीको आरोप लगाएर पटक–पटक कुटपिट गर्दै आएका छन् । कुटपिट गर्ने उनका भतिजा नेपाल प्रहरीका हबल्दार हुन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् । पीडित महिलाले सदरमुकाम राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन् ।

‘एक, दुई पटक मात्र होइन, धेरै पटक आफूलाई कुटपिट गर्दै आएका छन् कमलदेवले’ उनले भने, “पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा बचाउन आएकी आफ्नी छोरीलाई समेत उनले कुटपिट गरेका छन् ।” छोरा वैदेशिक रोजगारमा रहँदा आफू बुहारीसँगै बस्दै आएको बताउँदै जशोधियादेवीले भनिन्, “काठमाडौंमा कार्यरत कमलदेव जहिल्यै घर आउँदा आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएका छन् ।

कमलदेवले गरेको कुटपिट सम्बन्धमा स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसम्म निवेदन दिँदा समेत प्रहरीले निवेदन दर्ता नगरेको उनले पत्रकार सम्मेलनमा बताइन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घट्नाको छानबन भइरहेको र यस सम्बन्धमा बुझ्नका लागि दुबै पक्षलाई बोलाइएको जानकारी दिएका छन् ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२