सिरहा,असार १६ गते । जनकपुर– मेकेनिकल इन्जिनियरिङका विद्यार्थीहरुको एक समूहले मानवरहित ट्राफिक यन्त्रहरु बनाएका छन् । ती विद्यार्थीहरुले बनाएका मानवरहित यन्त्रले ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम पत्ता लगाउने, मौसम तथा वातारणको अवस्था पत्ता लगाउने यन्त्र, माटोको परिक्षण, सवारी साधनलाई दुर्घटनाबाट बचाउने लगायतका यन्त्रहरु बनाएका छन् ।
एक वर्षभन्दा लामो समयदेखि अध्ययनरत्त छात्रहरुले मिथिला रिसर्च सेन्टर संस्थाबाट विभिन्न अन्वेषनमुलक प्राविधिक यन्त्रहरु बनाउदैँ आएका छन् । सोहिक्रममा जनकपुरको जनसंख्या तथा सवारी साधनको चापलाई मध्यनजर गर्दै उनीहरुले ट्राफिक नियन्त्रण लगायतका उपकरणहरु बनाएका छन् ।
उनीहरुले बनाएका ती यन्त्रहरुको परिक्षणका लागि प्रदेश सरकारसँग सहयोगको अपेक्षा रहेको समेत बताएका छन् । राज्यबाट सहयोग भएमा विभिन्न किसिमका प्राविधिक यन्त्रहरु आफै उत्पादन गरेर सस्तो शुलभबाट समेत लाभान्वित हुने भएकोले रिसर्च सेन्टरको स्थापना गर्न माग समेत गरेका छन् ।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved