सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् भने स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते छन्।
ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक जना बालकको ज्यान गएको थियो। ईश्वरपुर नगरपालिका –१३ का लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो।
अबैध उत्खनन्ले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ती माग गर्दै राजमार्ग अबरुद्ध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो।
सडक खुलाउन पुगेका नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो। स्थानीयले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved