सिरहा, असार १५ गते ।
महोत्तरीमा चालु आर्थिक वर्षमा पाँचजना ठगलाई प्रहरीले समातेको छ भने २८ अझै फरार छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार करिव ८६ लाख ९८ हजार ७०६ रुपैयाँ ठगि भएको भन्दै ७ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा ठगीका जम्मा तीन मुद्दा दर्ता भएका थिए ।
यसै साता प्रहरीले करिव ४८ लाख ठगी गर्ने एक जनालाई पक्राउ गर्न सफल भएको छ । तेह्रथुम जलजले १ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका वडा नं। ७ वस्ने रमेश लम्साललाई प्रहरीले पक्राउ गरेको हो । राजश्री सेभिङ एण्ड क्रेडिट को९अपरेटिभ सोसाईटी लिमिटेड जनकपुरको शाखा म्यानेजर हुँ भन्दै उनले ठगी गरेका थिए । उनले सस्तो व्याजको प्रलोभन देखाउँदै बर्दिवासका स्थानीयहरुसंग करिव ४८ लाख ठगेको आरोप छ ।
उनले बर्दिवासका विभिन्न व्यक्तिहरुबाट जग्गा धितो राखी रकम निकाली फरार भएका थिए । पीडितहरुले ईलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिएपछि प्रहरीले सर्च अपरेशन चलाई आरोपीलाई नियन्त्रणमा लिएको हो ।
महोत्तरीका करिव २५ देखि ३० जना वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगीएका छन् । प्रत्यक्षरुपमा वैदेशिक रोजगारीको ठगी मुद्दा काठमाडौं स्थित श्रम विभागले हेर्दै आएपनि हाल जिल्ला प्रशासन कार्यालयलाई समेत सिमित अधिकार भएको र यस्ता ठगी मुद्दामा समन्वय गराउने काम जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको छ।
हाल जिल्ला अदालत जलेश्वरबाट म्याद थप गराई उनलाई अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिएको छ । महोत्तरीमा चालु आर्थिक वर्षमा भएको ७ ठगी मध्ये २ संस्थागत रहेका छन् भने पाँच व्यक्तिगत रहेको प्रहरीले जनाएको छ । यता चालु आर्थिक वर्षमै दुई बैंकिङ कसुरका मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकोमा दुवै मुद्दाका आरोपी पक्राउ गरी पीडितले रकम पाईसकेको प्रहरीले जनाएको छ । बैंकिङ कसुरमा आठ लाख बरावरको चेक बैंकबाट फिर्ता भएको थियो ।
अधिकांश वैदेशिक रोजगारीको क्रममा ठगिएका पीडितहरुलाई काठमाडौं आवत(जावत गर्न असहज हुने गरेको र सवै ठगी मुद्दामा पर्याप्त सवुत प्रमाण जुट्न नसक्दा आरोपी सहजै उम्किने गरेको सामी परियोजनाको आप्रवाशन स्रोत केन्द्र संयोजक कमलेश सिंहले वताए । स्रोत केन्द्रले धेरै ठगी मुद्दामा पीडितलाई न्याय दिलाउन सफल भएपनि अझै धेरै पीडित विभिन्न कारणले न्याय पाउन असमर्थ भएको उनले बताए ।
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved