भारतीय सीएलाई नेपालमा अनुमति दिन लागिएको भन्दै आन्दोलन

  • News Desk 2
  • प्रकाशित मिति: असार 13, 2076
  • 525 पटक पढिएको

काठमाडौं, १३ असार । भारतीय चार्टर्ड एकाउन्टेन्टहरुलाई नेपालमा वैधानिकतासहित संस्थागत प्रवेश दिन लागिएको भन्दै नेपाली चार्टर्ड एकाउन्टेन्ट र सो विषय पढिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था ९आईक्यान०को कार्यालयमा धर्नासहित नाराबाजी गरेका छन् ।

विद्यार्थीहरुले भारतीय सीएहरुलाई नेपालको आईक्यान तथा काउन्सिलको उच्च पदसम्मै प्रवेश दिन सकिने गरी द्विपक्षीय सम्झौता हुन लागेको भन्दै त्यसलाई ‘राष्ट्रघाति’ भनेका छन् । उनीहरुले यस्तो समझदारी भए कडा आन्दोलन गर्ने भन्दै सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराएका छन् ।नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनकी अध्यक्ष प्रगति भुवाईले भारतको चाटर्ड एकाउन्टेन्टहरुको संस्था आईसीएआईसँग नेपालको आईक्यानले गर्न लागेको सम्झौता नेपाली चाटर्ड एकाउन्टेन्ट र विद्यार्थीहरुका लागि स्वीकार्य नहुने बताइन् । विद्यार्थीहरुले भारतमा नेपाली चाटर्ड एकाउन्टेन्टहरुलाई मान्यता नदिने अवस्था कायमै राखेर भारतीयलाई नेपालमा खुला नीति अनुरुपको वैधानिकता दिन खोज्नु लाजमर्दो भएका बताएका छन् । यसले नेपालमा कार्यरत सीएहरुको मनोबल गिर्ने र नेपालमा भारतीय दबादबा बढ्ने दावी उनीहरूको छ । विद्यार्थीहरूले आफ्नो भविष्यमामाथि खेलवाड गर्ने अधिकार आईक्यानलाई नभएको बताएका छन् ।

आईक्यान र आईसीएआईबीच हुने सम्झौता अर्थ मन्त्रालयले स्वीकृत गर्न महालेखा परीक्षकको कार्यालयमा सुझाव मागेको दावी विद्यार्थीहरूको छ । सोमबार भारतसँग हुने लागेको सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमलाई रद्ध गर्न उनीहरुले माग गरेका छन् ।

शुक्रबार आईक्यानको कार्यालय घेराउ गरेका विद्यार्थीहरुले आफ्नो मागको सुनुवाई नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । के(के हुँदैछ सहमति रु

आईक्यान र आइसीएआईबीच हुने म्याचुअल रिकग्निसन एग्रिमेन्ट ९एमआरए० काउन्सिलबाट पास भइकसकेको छ । विरोधका बीच पनि एमआरएको बुँदा काउन्सिलबाट पास भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

यो एमआरएमा आईक्यानका सीएहरुले भारतमा भारतीय कानुन र भारतीय कर विषयको परिक्षा दिएपछि आइसीएआईको सदस्य हुन पाउने सहमति छ । यस्तै भारतबाट सीए पास गरेकाहरुले पनि नेपालमा नपाली कानून र नेपाली करको परीक्षा दिएर आइक्यानको सदस्यता लिन पाउने छन् ।

यसपछि आईक्यानले आईसीएआईको आर्टिकलसिपलाई मान्यता दिने छ भने नेपालको आर्टिकलसिपलाई मान्यता दिएर दुई विषयमा परीक्षा पास गरेपछि आईसीएआईको सदस्यता लिन सकिनेछ ।

नेपाली सीएले भारतको सर्टिफिकेट अफ प्रयाक्टिस ९सीओपी० लिन भने बन्देज गरिएको छ । तर, भारतमा सीए पढेकाले भने नेपालको कानून र कर विषयमा परीक्षा पास गरेर सीओपी लिन सक्ने व्यवस्था गरिँदैछ ।

यस्तै भारतीय सीएले नेपाली सीएसँग ४९ प्रतिशतसम्म सेयर राखेर व्यवसाय सञ्चालन गर्न सक्नेछ । तर नेपाली सीएले भने भारतमा त्यस्तो र्फम खोल्न अनुमति पाउने छैनन् ।

सभार : onlinekhabar


कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२