जनकपुरका अवैद्य निजी हस्पिटलहरु : जहाँ प्रक्रिया पुरा नै नगरी गर्छन् बिरामीको अप्रेशन

  • News Desk 2
  • प्रकाशित मिति: असार 13, 2076
  • 530 पटक पढिएको

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमै स्वास्थ्य माथि खेलवाड हुने गरेको छ । विना पूर्वाधार नै पहुँच र पावरको दुरुपयोग गर्दै विभिन्न चिकित्सकहरुले निजी अस्पताल संचालन गरिरहेका छन् । दर्जनौँ निजी नर्सिंग होम तथा निजी होस्पिटलमा ताला लगाउने अवस्था रहेपनि प्रक्रिया अनुसार जनस्वास्थ्य कार्यालय धनुषालाई अनुगमन गर्ने अधिकार मात्रै रहेकोले अहिलेसम्म पनि सहजरुपमा संचालन हुनु दुर्भाग्य रहेको जनस्वास्थ्य अधिकृत अशोक कर्णले जानकारी दिए । उनले पहुँचकै भरमा निजी अस्पताल विना पूर्वाधार तथा कारवाही गर्ने निकायले वास्ता नगर्दा पैसा कमाउने माध्यम होस्पिटल र नर्सिंग होमहरु बनेको आरोप लगाए ।

जनकपुरमा करिब ३ दर्जन निजी नर्सिंग होम तथा होस्पिटल रहेपनि वैधानिकरुपमा १९ वटा निजी नर्सिंग होम तथा होस्पिटलले मात्रै शल्यक्रिया ९अप्रेसन० हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । शल्यक्रिया गर्नुपूर्व विरामीलाई बेहोस गर्नका लागि एनेस्थेसिया चिकित्सकको काम हुने हुन्छ । त्यसपछि मात्रै सर्जन चिकित्सकले शल्यक्रिया गर्नेगर्दछ । तर सम्बन्धित निकायले नै वास्ता नगर्दा अधिकांश अस्पतालले मनोमानीढंगले विरामीबाट शुल्क लिने गरेको छ भने भगवान भरोसे नै शल्यक्रिया हुने गरेको छ ।

धनुषामा ३५ भन्दा बढी निजी नर्सिंग होम तथा निजी होस्पिटलहरु छन् । जसमध्ये १९ वटा निजी होस्पिटलमा शल्यक्रिया हुने गरेको जनस्वास्थ्य कार्यालय धनुषाको तथ्यांकमा छ । त्यसमध्ये पनि ७ वटा होस्पिटलमा मात्रै वैधानिक एनेस्थेसिया चिकित्सकहरुले शल्यक्रिया गर्नुपूर्व बेहोस गराउने गरेको छ ।

शल्यक्रिया हुने अस्पतालको अवस्था


जनस्वास्थय कार्यालय धनुषाले शल्यक्रिया हुनेपूर्व विरामीलाई गरिनुपर्ने बेहोसीको लागि एनेस्थेसिया चिकित्सकहरु अधिकांश अस्पतालमा नपाइएको जनस्वास्थ्य प्रमुख ईन्द्रप्रसाद यादवले बताए । उनले यस बारे अनुगमन गर्दा पाइएको विभिन्न कुराहरु बुँदागतरुपमा उल्लेख गरेर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई प्रतिवेदन तयार पारेर बुझाइएको जानकारी दिए । जनकपुरमा अहिले ७ जना एनेस्थेसिया चिकित्सकहरु छन् । जसमध्ये ३ जना चिकित्सक जनकपुर अंचल अस्पतालमा कार्यरत्त छन् । तर दर्जन भन्दा बढी अस्पतालहरुमा अप्रेसन भएपनि विना एनेस्थेसिया चिकित्सकको अनुपस्थितीमा शल्यक्रिया हुने गरेको सो प्रतिवेदनबाट खुलासा भएको छ । करोडौँको लागतमा संचालनमा रहेको काब्य होस्पिटल प्रालि, ओम दिर्घायू होस्पिटल, दैविक ईन्टरनेसनल होस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नवजिवन होस्पिटल, बच्छार प्रसुति सेवा केन्द्र, धनुषा अस्पताल, जनकपुर सिटी होस्पिटल प्रालि, आस्था होस्पिटल, आर्या केयर एण्ड क्यूर प्रालि र लालगढ मोडेल होस्पिटलहरुमा शल्यक्रिया हुँदा एनेस्थेसिया चिकित्सक हुदैन । तर विरामीहरुसंग भने शल्यक्रियामा प्रयोग भएको मध्ये एनेस्थेसियाको शुल्कको रुपमा ५ हजार देखि ८ हजार रुपैयाँ सम्म अशुल्ने गरेको बताइन्छ ।एनेस्थेसिया चिकित्सक विना नै गरिने गरेको शल्यक्रिया खतरानक मानिन्छ । यसले विरामीको ज्यान सम्म जानसक्छ भने कुनै न कुनै किसिमको रोगले पछि सम्म चाँप्ने गरेको एनेस्थेसिया डा।रिचा मिश्रले बताइन् । एनेस्थेसिया डाक्टर अनुपस्थितीमा सर्जन डाक्टरले शल्यक्रिया गर्नु गैरकानूनी रहेपनि यहाँ विरामीको जिवनसंग वर्षौदेखि खेलिदैँ आएको छ । तर केहि अस्पतालले भने विरामीलाई शल्यक्रिया गर्नुपूर्व बेहोसी गर्नका लागि नेपाल सरकारले दिइएको तालिम प्राप्तहरुले गर्दै आएको देखिएको जनस्वास्थ्य अधिकृत कर्णले बताए । कतिपय व्यक्तिहरु यस कार्यमा अनुभवी भएपनि राज्यले अब यसको व्यवस्थापनसंगै डाक्टरहरुलाई प्राथमिकता राख्नु आवश्यक रहेको जनस्वास्थ्य अधिकृत कर्ण बताउछन् ।

चिकित्सकले शल्यक्रिया गर्नु पूर्व बेहोसी सम्बन्धीत डाक्टरले गर्ने हस्पिटलहरुमा जनकपुरको जानकी हेल्थ केयर एण्ड टिचिंग होस्पिटल, जनकपुर ट्रमा होस्पिटल एण्ड फाउण्डेसन, स्वास्तिक हेल्थ केयर, आराध्या होस्पिटल एण्ड रिसर्च प्रालि, समर होस्पिटल एण्ड रिसर्च सेन्टर, संजिवनी होस्पिटल प्रा।लि र रामजानकी होस्पिटल मात्र रहेको प्रतिवेदनमा उल्लेख छ । यी हस्पिटलहरु वैधानिकता प्राप्त र मापदण्ड पुरा गरी मात्र शल्यक्रिया गर्ने गरेको जनाएको छ ।

अप्रेसन गरिने अस्पतालहरुको अवस्था र त्यहाँ उपलब्ध सेवा सुविधाको जाँच गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले निर्देशन दिएपछि जनस्वास्थ्य कार्यालय धनुषाबाट जनस्थास्थ्य अधिकृत अशोक कर्ण र शिवजी दासको अगुवाईमा अनुमगन कार्य भएको थियो ।

अत्याधुनिक सुविधाको नाउँमा चर्को शुल्क लिने अस्पतालहरुमा एनेस्थेसिया डाक्टर विना नै सबै प्रकारका अप्रेसनहरु भईरहेको भन्दै केहि सातापूर्व जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी कणेँलको निर्देशनमा अनुगमन भएको थियो ।

अधिकांश निजी होस्पिटलहरुले २५ देखि १ सय शैय्यासम्मको ईजाजत लिएर अस्पताल संचालनका लागि हुनुपर्ने पूर्वाधार विना नै संचालन गरिरहेको देखिएको हुनाले प्रमुख जिल्ला अधिकार कणँेलले पुनः अनुगमनका लागि निर्देशन दिएको छ । तर जनस्वास्थ्य कार्यालय धनुषा प्रदेश सरकार मातहत आएपछि थप जनशक्ति परिचालनको आवश्यकता रहेको भन्दै पञ्छिने प्रयासमा रहेको देखिन्छ ।


जनस्वास्थ्य कार्यालयको अनुसार अनुगमन गर्दा अधिकार सहितको अनुगमन टोलीको लागि प्रहरी, प्रशासनको समेत सहभागिता र कारवाही गर्ने अधिकार नरहँदा अनुगमनको काम फित्तलो हुने गरेको यसले गलत कार्य गर्नेहरुलाई थप हौसला मिल्ने हुनाले जिल्ला प्रशासन कार्याल धनुषाबाट आएको अनुगमनको निर्देशनलाई आलटाल गर्दै आएको स्रोतले बतायो ।

सभार टुडेपाटी


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२