जनकपुरधाम,असार ६ गते । जनकपुरस्थित पिडारि चौकमा बिहिवार राति ९ बजे तर स्थानिय बिच बिबाद हुँदा रिपोर्टिङ गर्न गएका पत्रकार माथी दुर्व्यवहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको एक टोलिले पत्रकार सुमित मिश्रको क्यमरा खोस्ने समेत प्रयास गरेको थियो । राति ट्राफिक प्रहरी र वडा प्रहरी मुजेलियाबाट खटिएको संयुुक्त टोलिले चेक जाँच गरिरहदा एक जना सबारी चालकले गरिबलाई मात्र चेक जाँच गरि कष्ट दिने गरेको र धनीलाई रोक्ने समेत नगरेको भनेपछि प्रहरी र चालक बिच बिबाद उतपन्न भएको थियो ।
बिबाद उतपन्न हुँदा प्रहरीको गल्ती रहेको भन्दै स्थानीयहरूले प्रदर्शन समेत गरेको थियो । प्रदर्शन भइरहँदा क्यामरामा तस्बिर खिच्न थालेपछि एक सिबिलमा खटिएका प्रहरीले क्यामरा खोस्ने प्रयास गरे । सिविलमा खटेका प्रहरीले क्यमरा खोस्न नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खिटएको टोलिबाट शिकिन्दर भन्ने जवानले गाली गर्दै मोबाईल खोस्दै तथानाम गाली समेत गरे । मिश्राले मोबाईल किन खोसेको प्रश्न गर्दा तलाई पनि थुन्छु भन्दै जवाफ फर्काएका थिए ।
मिश्राको मोबाईल खोस्ने प्रयास गरे लगत्तै स्थानियहरू प्रदर्शन गर्दै नाराबाजि समेत गरेको थियो ।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved