पर्सामा मो.सा चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

  • Ganesh Kumar Thakur
  • प्रकाशित मिति: जेठ 24, 2076
  • 217 पटक पढिएको

पर्सा, जेष्ठ २४ गते । वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुवाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा चोरी गरेको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १० का २६ बर्षीय अम्मेन्द्र कुमार पटेल र सोही महानगरपालिका २० का २७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।
महानगरपालिका ११ रानिघाटमा पार्कीङ गरी राखेको ना ५५ प ७१७४ नम्बरको मोटरसाईकल र वीरगंज महानगरपालिका( १० आदर्शनगर डेरा गरी वस्ने नविन झाले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ना ४ प ४०५७ नम्बरको मोटरसाईकलको लक तोडी चोरी भएको भन्ने सुचना प्रहरीलाई प्राप्त हुन साथ विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिएको प्रहरी टोलीले ना ४ प ४०५७ नम्वरको मोटरसाईकल सहित पटेललाई आदर्शनगर र ना ५५ प ७१७४ नम्बरको मोटरसाईकल सहित महत्तोलाई रानिघाटबाट नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रदेश नं.२ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बताए ।

 

 


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२