नमस्ते रौतहट’लाइभ म्युजिक कन्सर्ट : गायक रितेश पाण्डे,प्रमोद पिया सहितका गायकले धमाल मच्चाउने

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 20, 2076
  • 1050 पटक पढिएको

राैतहट -रौतहटमा नमस्ते रौतहट साँगितिक कार्यक्रम लाईभ म्युजिक कन्सर्ट हुने भएको छ । आउँदो बैशाखको २८ गते शनिबारका दिन बिहान ११ बजेदेखि रौतहटमा नमस्ते रौतहट २०१९ हुँदै छ । भोजपुरी,मैथिली , बाज्जिका, नेपालका चर्चित कलाकारहरूको धाम्केदार प्रस्तुतिमा “नमस्ते रौतहट ” रौतहटको गौर नगरपालिका ५ स्थित एसपी अफिस को छेउमा ब्यारेक फिल्डको प्राङ्गणमा हुने गायक प्रमोद पियाले बताए ।

नमस्ते ईभेन्ट मेनियाको ब्यानरमा नमस्ते रौतहट साँगितिक कार्यक्रम हुने छ । कार्यक्रममा स्थानीय कलाकारहरू तथा भोजपुरी,मैथिली , बाज्जिका, नेपाली कलाकारहरुको बृहत प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । जा ऐ चन्दा ले आब खवरिया जस्ता गीतबाट चर्चामा आएका गायक रितेश पाण्डेले रौतहट तताउने भएको छ ।

साथै नमस्ते रौतहटमा बहुचर्चित भोजपुरी गायक प्रमोद पिया , अरुणकान्त यादव, नान्सी गल, माही खान, चिन्नीलाल, गायक अरुण विजैया, गायिक ईशिका भुजेल, नृत्याँगना ममता पण्डित, पलक र गायक नेक मोहम्मद लगायतले प्रस्तुति दिने भएको छ । लाईभ कन्सर्टमा एकसाथ मैथिली, भोजपुरी, बज्जिका, नेपाली भाषाभाषीका कलाकारहरुको प्रस्तुतिमा जोडदार कार्यक्रम हुने आयोजक टिमले जनाएको छ ।

यस्तै टिकटको लागि विभिन्न ठाउँमा खरिद गर्न सकिने जनाएको छ । यश कार्यक्रममा मिडिया पार्ट्नरको रूपमा पूर्वाञ्चल एक्सप्रेस अनलाइन ,नेपाली स्टुडियो ,हाइवे न्युज , टुडे पाटि, न्युज ब्यूरो , थारुहट डक कम , भोजपुरी ट्याम्स, स्पेस खबर , आज तक मधेस आदि रहेका छ्न ।


शम्भु र राजु सदाको परिवारलाई मुख्य न्यायधिवक्ताद्वारा आर्थिक सहयोग

विनोद महरा/जनकपुर प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र उपचारको अभावमा मृत्यु भएका राजु सदाको परिवारल

मासु पसल, दुध डेरीमा अनुगमन

सिरहा, असार १९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिए

सिरहाको औरहीमा नागरिकता विधेयक विरुद्ध भैसी जुलुस

  सिरहा,असार १८ गते  । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२