नेपाल लाईफ ईन्स्योरेन्स विमाले ऋण नलिएका व्यक्तिको नाममा २१ लाँखको ऋण निकाले विना जानकारी २१ लाँख रुपैयाको ऋण बोक्न बाध्य

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 19, 2076
  • 797 पटक पढिएको

लहान, बैशाख १८ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन सहारा र जीवन ज्योति बीमा लगायत विभिन्न पलोसीमा दश वर्ष देखि ५३ लाख रुपैयाँको बीमा गराएका थिए ।
तर नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले । सिरहा लहान नगरपालिका १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहमा जम्मा भएको विमा विना जानकारी २१ लाँख रुपैयाको ऋण बोक्न बाध्य बनाएका छन् ।
साह दाम्पतिय बीमाको पैसाले छोराछोरीलाई राम्रो शिक्षा दिलाउन तथा आवश्यक परेको वेला चलाउने लगायता सपना मनमा सजाएका थिए । तर ती सारा सपना यतिबेला चकनाचुर भएको छ ।
केहो बास्तबिक्ता
लहान नगरपालिका वडा नं १ वस्ने दिनेश साह र सुनैनादेबी साहले नेपाल लाईफ ईन्स्योरेन्स बीमा कम्पनीबाट ठगिएका छन । नेपाल लाईफ ईन्स्योरेन्स विमा कम्पनीको ठगिले विना ऋृण लिई २१ लाँख ऋण वोक्न बाध्य भएका छन् साह परिवार । उक्त ऋणको कारण सिंगै परिवार चिन्तामा परेका छन ।
दिनेश साहको नाममा रु ३१ लाख ९७ हजार २९७ र सैनुनादेवी साहको नाममा रु २१ लाख ६८ हजार ८४० गरी जम्मा रु ५३ लाख ६६ हजार १३७ रुपैयाँ इन्स्योरेन्समा जम्मा गरेका थिए ।
कर्मचारीको सेटिङ्गमा ऋण बोक्न बाध्य साह परिवारले दिनरात मेहन गरेर दुबै जनाको नाममा विभिन्न किसिमका १० वटा विमा जम्मा गरेका थिए तर तीे बीमा रकमबाट पाँच वर्षदेखि विभिन्न गते मितिमा पटक– पटक गरी २१ लाख ३० हजार ऋण निकालि सकेको छ ।
पिडत दिनेश साह भन्छन, ‘आफू एक पैसा ऋण लिएको छैन । घरमा थोरै समस्या पर्यो फाइल बोकेर चैत २० गते ऋण लिन अफिस पुगेपछि ऋण निकालेको थाहा पाएपछि आश्यर्च लाग्यो । आकाशबाट झरेझैं भयो ।’
‘बीमा अफिसमा निवेदन हालेको महिना दिन लाग्न थाल्योे’, पीडित साहले भने, ‘तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन ।’ अफिसले ऋण कसले निकालेको विषयमा छानविन गर्छु भनेपनि केहि नगरेको उनको गुनासो छ । नेपाल लाईफ ईन्स्योरेन्स विमा कम्पनी ठगी गर्ने बीमा कम्पनी भएको भन्दै उनले कसैलाई त्यसमा बीमा नगर्न आग्रह समेत गरे ।

५ वर्ष ऋण निकाले थाँहा भएनन्
पिडित साहले भन्छन् पाँच वर्षदेखि पटक–पटक आफ्नो नाममा ऋण निकाल्दा पनि कम्पनीले थाहा नपाउनुले कर्मचारीहरुमाथि नै शंका उनले गरेका छन । यसमा कर्मचारीकै मिलोमतोमा यस्तो भएको साहले बताए अरु बेला मोबाइलमा म्यासेज र खबर आउँथ्यो तर ऋण निकाल्दा किन एसएमएस आएन रु उनको प्रश्न छ । यसरी ठगीमा परेपछि उनको परिवारको सपनामाथि तुसारापात भएको छ ।अहिले सम्म विमा कम्पनीबाट कुनै पहल भएको छैन र विमा कम्पनीबाट असुवानि मात्र पाएका े बताए ।

नेपाल लाईफ इन्स्योरेन्स बीमा कम्पनी लहान शाखाका शाखा प्रमुख भोगेन्द्र साह संग बुझदा हामीलाई यो विषयमा केही भन्न चाहन्न भनेर बताउनु भयो । कसरी ऋण निकाल्यो त प्रश्नमा रु प्रमुख साह पूर्वाञ्चल एक्सप्रेस अनलाईन सँगको कुराकानीमा म यो विषयमा केही भन्नदिन आवश्यक अनुसंधान भई रहेको छ बताए ।यता चेकमा पनि दिनेश साहकै नाममा चेक काटिएको अभिलेखबाट देखिएको हुदाँ झन शंकाको विषय वनेको छ । पिडित साह अहिले नेपाल लाईफ ईन्स्योरेन्स विमा कम्पनीमा दिनुह जानु पर्ने बाध्यता भएके छ ।
यसरी चेककाटनु तिन तहको साईन हुनु तय पनि विमाकको नामबाट अरुले पैसा निकाल्नु कतिको विस्वासिलो छ भन्ने विषयमा प्रश्न उठेको छ । यता न्युज प्रकाश नगरिदिनु मेरो जाजिर जान्छ ,नेपाल लाईफ ईन्स्योरेन्स विमाबाट विश्वास उठछ भन्ने नाना थरीका कुरा भन्दै पूर्वाञ्चल एक्सप्रेसलाई आग्रह समेत गरेका छन् ।


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२