लहान,चैत्र २९ गते । सरकारका प्रबक्ता एवम् सञ्चार तथा सुचना प्रबिधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसदमा पेश भएको नागरिक्ता सम्बन्धि बिद्येयक पारित भएपछि नागरिक्ताको समस्या सदाका लागि अन्त्य हुने बताउनुभएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरमा आजदेखि शुरु भएको माँ बौकीदेवी मेला महोत्सव २०७५ को आज उद्घाटन गर्नुहुँदै मन्त्री बाँस्कोटाले भन्नुभयो–“ नागरिक्ताको समस्या समाधान गर्ने गरि तयार गरिएको बिद्येयक संसदमा टेबुल भईसकेको छ, त्यो पारित भएसँगै नागरिक्ताको समस्या सधैको लागि समाधान हुन्छ, तपाईहरु ढुक्क हुनुस् ।” बिगतमा नागरिक्ताको सबालमा राजनीति हुँदै आएपनि अब नागरिक्ताको बिषय राजनीति बन्न नदिईने मन्त्री बास्कोटाको कथन थियो । नागरिक्ताको सबालमा नेपाल भन्दा नरम दक्षिण एसिकै कुनै पनि देश नरहेको दाबी गर्नुहुँदै उहाँले भन्नुभयो–“ छिमेकी देश भारतमा बिवाह गरेको ७ बर्षपछि मात्र नागरिक्ता पाईन्छ, पाकिस्तामा २ बर्षमा, बंगलादेशमा १ मा र माल्दिब्समा नागरिक्ता पाउन १५ बर्ष लाग्छ, त्यसमा पनि मुस्लिम धर्म स्वीकार नै पर्छ, तर नेपालमा बिवाह गरेको भोली पल्टै अंगिकृत नागरिक्ता पाईन्छ ।”
अब नेपालमा जन्मेका अंगिकृत आमा वा बाबुका सन्तानलाई बंशजको आधारमा नागरिक्ताको व्यवस्था गर्न लागिएकाले बाहिरबाट आएकाहरुले पनि चलखेल गरि नागरिक्ता लिन सक्ने भएकाले सचेत हुनुपर्ने उहाँको कथन थियो । कृषि र पर्यटनको विकासले मात्र सरकारले दिएको सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुनु भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउनुहुँदै उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि स्थानिय सरकारले ठोस योजना बनाएर अघि बढ्े केन्द्रीय सरकारले सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
मधेशमा व्यापक औधोगिकको सम्भावना रहेको उल्लेख गर्नुँहुदै औधोििगकग्राम स्थापनाका लागि अध्ययन गरिरहेको बताउनुभयो । भौतिक पुर्वाधारको विकास बिना मुलुकको बिकास सम्भव नभएकाले हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पुर्वपश्चिम रेलमार्ग लगायतका भौतिक पुर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाएको उल्लेख गर्नुहुँदै यही सरकारको पालामा ति कार्यहरु पुरा हुने दाबी समेत गर्नुभयो । महोत्सव मुल आयोजक समितिका संयोजक देवनारायण साहको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा प्रतिनिधसभाका सांसद लिलानाथ श्रेष्ठ, सुरेशचन्द्र दास यादव, प्रदेशसभा सदस्य अशोक कुमार यादव लगायतले बोल्नुभयो । “
हाम्रो सितापुर सांस्कृतिक तथा धार्मिक सहितको सम्बृद्ध सितापुर प्र. ध” मुख्य नाराका साथ आजदेखि शुरु भएको महोत्स महोत्सव बैशाख ५ गतेसम्म चल्ने छ ।
गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved